शनिबार 27 अप्रिल 2024

Flash News

  • <<<<मंगाेल भिजन साप्ताहिक पत्रिकाकाे इ. पत्रिका अब www.mongolvision.com मा अनलाइन पढ्न सकिनेछ>>>>
  • <<<<<समाचार एवं बिज्ञापनकाे लागी मंगाेल भिजनकाे तल दिइएकाे नम्बरमा सम्पर्क गर्नुहुन जानकारी गरिन्छ>>>>
  • <<<भिजन राष्ट्रिय साप्ताहिक पत्रिकाकाे अाधिकारिक युटुब च्यानल Mongol Vision Television (MVTV) हाे। मंगाेल नेशनल अर्गनाइजेशनकाे देशभरीका गतिबिधि हेर्न यस च्यानलमा subscribe अवस्य गर्नुहाेला।>>>

गोरखामा जेल मुक्त दिवस सम्पन्न

Dev Thapa Magar | 14 अप्रिल 2021

गोरखामा जेल मुक्त दिवस सम्पन्न

गोरखा/ मंगोल नेशनल अर्गनाइजेशन जिल्ला सभा गाेरखाले शहिद लखन गाउँपालिकाकाे केन्द्र घैरूङमा 'भद्रगाेल जेल मुक्त दिवस' सम्पन्न गरेकाे छ ।

युगपुरूष अमर ड.गाेपाल गुरूङ ज्यु जेल मुक्त हुनुभएकाे दिनकाे उपलक्ष्यमा  १३ अप्रिल, २०२१ काे दिनमा मंगाेल नेशनल अगर्नाइजेशन जिल्ला सभा गाेरखाकाे आयाेजनामा सम्पन्न उक्त कार्यक्रम गाेरखा जिल्ला अध्यक्ष गंगा राना मगर ज्युकाे सभाध्यक्षतामा र गण्डकी प्रदेश सभाका सल्लाहकर देव बहादुर थापा ज्युकाे प्रमुख आतिथ्यतामा सभ्य र भब्य रूपमा सम्पन्न भएकाे हाे । अन्य अतिथिहरूमा मंगाेल नेशनल अर्गनाइजेशनका शुभचिन्तकहरू दिनेश चेपाङ र कृष्ण तामाङ थिए । कार्यक्रममा जिल्ला सभाका सम्पुर्ण पदाधिकारीहरू तथा सदस्यहरूकाे उपस्थिति थियाे । सम्पुर्ण अतिथि ज्युहरूले कार्यक्रम सफल्ताकाे शुभकामना मन्तव्य राख्नु भएको थियो । प्रमुख अतिथि थापा ज्युले हामी याे देशका आखा चिम्से नाक थेप्चेहरू बाहिरी स्वरूपले मानवजस्ताे देखिएतापनि संविधानमा मान्छे नभएकाे र याे देश हाम्राे हाे भनेर गर्व गरेतापनि देशकाे शासन सत्ता तिनै शरणार्थी बाहुन क्षेत्रीहरूकाे हातमा रहेकाे बताउँदै हामीले युग पुरूष अमर ड.गाेपाल गुरूङ ज्युले हाम्राे अस्तित्वकाे लागि आफ्नाे जीवन नै समर्पण गरेकाे कुरा बिर्सन नहुने कुरा जाेडि मुलवासी मंगाेलहरूले तिनीहरूकाे षड्यन्त्र बुझ्दै मंगाेल दर्शन आत्मसात गर्नुपर्ने बताउनुभयाे ।

गोरखामा जेल मुक्त दिवस सम्पन्न

साथै दशैँ हाम्राे पुर्खा मारिएकाे दिन र बाहुनहरूकाे मात्र विजय उत्सव हाे तर आजकाे दिन भने युग पुरूष अमर ड.गाेपाल गुरूङ भद्रगाेल जेलबाट मुक्त हुनुभएकाे दिन हाम्रा निम्ति विजयकाे दिन रहेकाे बताउनुहुँदै उपस्थित सम्पुर्णलार्इ आजकाे दिन हर्षाेल्लासकाे साथ मनाउन आग्रह गर्नुभयाे । अन्त्यमा मंगाेल नेशनल अर्गनाइजेशन जिल्ला सभा गाेरखाका अध्यक्ष ज्युले उपस्थित सम्पुर्णलाई कार्यक्रममा सहभागिताकाे लागि धन्यवाद दिँदै भद्रगाेल जेल मुक्त दिवसकाे शुभकामना मन्तव्य दिँदै सभा विसर्जन गर्नुभएकाे थियाे । उक्त कार्यक्रममा उपस्थित सम्पुर्णलाई मंगाेल नेशनल अर्गनाइजेशन जिल्ला सभा गाेरखाका सदस्य मन कुमार थापा ज्युले स्वागत गर्नुभएकाे थियाे भने प्रचारप्रसार सचिव नविन घले ज्युले उक्त कार्यक्रम सञ्चालन गर्नुभएकाे थियाे ।

advertisement_1548050601.gif
प्रतिक्रिया दिनुहोस्