Aneeta Thapa Magar | 9 अगस्ट 2021
गोरखा/ मंगोल नेशनल अर्गनाइजेसन जिल्ला सभा गोरखाको जिल्ला कार्यालयमा २७ औं विश्व मुलवासी दिवस ( 27th World Indigenous day) हर्षोल्लासका साथ सौहार्दपुर्ण वातावरणमा सभ्य र भव्य रुपमा सम्पन्न भएको छ ।
मंगोल नेशनल अर्गनाइजेशन जिल्ला सभा गोरखाका अध्यक्ष गङ्गा राना मगर ज्युको सभाधक्ष्यतामा र मंगोल नेशनल अर्गनाइजेशन केन्द्रिय सभाका सदस्य सोम बहादुर तमु ज्युको प्रमुख आतिथ्यतामा ९ अगस्ट, २०२१ को दिनमा गोरखा जिल्ला अन्तर्गत गोरखा नगरपालिकामा अवस्थित जिल्ला सभा गोरखाको कार्यालयमा २७ औं विश्व मुलवासी दिवस ( 27th World Indigenous day) सौहार्दपुर्ण वातावरणमा हर्षोल्लासका साथ भव्य रुपमा सफल भएको हो । उक्त कार्यक्रमका विशिष्ट अतिथि मंगोल नेशनल अर्गनाइजेशन गण्डकी प्रदेश सभाका सदस्य मंगल सिङ गुरुङ रहनुभएको थियो । अन्य अतिथिहरुमा मंगोल नेशनल अर्गनाइजेशन गोरखा नगरपालिकाका अध्यक्ष कृष्ण तामाङ, मंगोल नेशनल अर्गनाइजेशन धार्चे गाउँपालिकाका अध्यक्ष सार्की घले, मंगोल नेशनल अर्गनाइजेशन पालुङ्टार नगर सभाका प्रमुख सल्लाहकार मन बहादुर तामाङ, शुभचिन्तक विवश चेपाङ र धार्चे गाउँ सभामा नव प्रवेश गर्नुभएका सदस्य रमिता गुरुङ हुनुहुन्थ्यो । कार्यक्रममा उपस्थित सम्पुर्ण अतिथिहरु, प्रमुख अतिथी र विशिष्ट अतिथिले कार्यक्रममा शुभकामना मन्तव्य राख्नुभएको थियो । प्रमुख अतिथी गुरुङले मुलवासी मंगोलहरुलाई राजनैतिक रुपमा चेतनशील बनाउनको लागि गाउँ गाउँमा मंगोलवद दर्शन र मंगोल नेशनल अर्गनाइजेशनको आवाज पुर्याउनु पर्ने बताउँदै बाहुन क्षेत्रीहरु विभिन्न गठनबन्धन बनाएर मुलवासीहरु माथी शासक बन्न खोजेको प्रस्ट्याउनु भइ ग्वाटेमालाकी रेगोबेर्टा मेन्चु टमलेगरेको संघर्षबाट मुलबासी दिवस मनाऊने गरेपनि मुलबासीको आवाज युगपुरुष अमर ड.गोपाल गुरुङले पहिले नै उठाएको हो किन भने मंगोल नेशनल अर्गनाइजेशन सन् १९८९ स्थापना भएको हो तर मुलवासी दिवस १९९४ बाट मनाउन सुरु गरिएको हो र युगपुरुष अमर ड.गोपाल गुरुङ नै अग्ररुपमा मुलवासीको आवज उठाउने व्यक्ती हुनुहुन्छ भन्ने कुरा प्रस्ट पार्नु हुँदै २७ औं मुलवासी दिवसको अवसरमा सम्पुर्णलाई शुभ कामना दिई मन्तव्य राख्नु भयो ।
त्यस्तै गरि कार्यक्रमका विशिष्ट अतिथी गुरुङ ज्युले मंगोल नेशनल अर्गनाइजेशनको विचारलाई दबाउन नसकेपछि मंगोल नेशनल अर्गनाइजेशनका कार्यकर्ताहरुलाई कमजोर बनाई सत्ता आफ्नो हातमा लिन खोजेको तर मुलवासीहरु कहिल्यै पनि डगमगाउन नहुने कुरा राखी सम्पुर्णलाई मुलवासी दिवसको सु-अवसरमा शुभकामना दिदै मन्तव्य राख्नु भएको थियो । कार्यक्रमका सभाध्यक्ष राना मगर ज्युले उपस्थित सम्पुर्णलाई निमन्त्रणा स्वीकारेर उपस्थित हुनु भएकोमा धन्यवाद ज्ञापन गरि कार्यक्रम राम्रोसँग सम्पन्न भएकोमा खुशी व्यक्त गर्दै २७ औं मुलवासी दिवसको शुभकामना भन्दै अब हामिले आदिवासी दिवसको रुपमा बाहुन क्षेत्रीले प्रचार गरेतापनी मुलवासी दिवसकै रुपमा मनाउनुपर्छ भन्दै सभा विसर्जन गर्नुभएको थियो । कार्यक्रममा स्वागत मन्तव्य मंगोल नेशनल अर्गनाइजेशन जिल्ला सभा गोरखाका सह-सचिव मान बहादुर गुरुङ ज्युले दिनुभएको थियो भने सञ्चालन मंगोल नेशनल अर्गनाइजेशन जिल्ला सभा गोरखाका प्रचारप्रसार सचिव नवीन घले ज्युले गर्नुभएको थियोे ।
Copyright © 2020 Mongol Vision. All Rights Reserved.
Powered by : Dradtech Technology