बिहिबार 25 अप्रिल 2024

Flash News

  • <<<<मंगाेल भिजन साप्ताहिक पत्रिकाकाे इ. पत्रिका अब www.mongolvision.com मा अनलाइन पढ्न सकिनेछ>>>>
  • <<<<<समाचार एवं बिज्ञापनकाे लागी मंगाेल भिजनकाे तल दिइएकाे नम्बरमा सम्पर्क गर्नुहुन जानकारी गरिन्छ>>>>
  • <<<भिजन राष्ट्रिय साप्ताहिक पत्रिकाकाे अाधिकारिक युटुब च्यानल Mongol Vision Television (MVTV) हाे। मंगाेल नेशनल अर्गनाइजेशनकाे देशभरीका गतिबिधि हेर्न यस च्यानलमा subscribe अवस्य गर्नुहाेला।>>>

गोरखामा प्रशिक्षण सम्पन्न

Dev Thapa Magar | 3 अप्रिल 2021

गोरखामा प्रशिक्षण सम्पन्न

गोरखा/ मंगोल नेशनल अर्गनाइजेशन जिल्ला सभा गोरखाको आयोजनामा एकदिने नेतृत्व विकास सम्बन्धि प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ ।

मंगोल नेशनल अर्गनाइजेशन जिल्ला सभा गोरखाका अध्यक्ष गङ्गा राना मगर ज्युको सभाधक्ष्यतामा र गण्डकी प्रदेश सभाका सल्लाहकार देव बहादुर थापा ज्युको प्रमुख आतिथ्यतामा ३ अप्रिल २०२१ को दिन हरामटारीमा स्थित सत्यम् होटलमा गोरखा जिल्ला अन्तर्गत मंगोल नेशनल अर्गनाइजेशनका स्थानीय तहहरु टोल सभा, वडा सभा, गाउँ सभा तथा जिल्ला सभाका पदाधिकारीहरुको उपस्थितिमा उक्त नेतृत्व विकास सम्बन्धि कार्यक्रम सभ्य र भव्यरुपमा सम्पन्न भएको छ । कार्यक्रमका प्रशिक्षक तथा प्रमुख अतिथि थापा ज्युले युग पुरुष अमर ड.गोपाल गुरुङ ज्युको र मंगोल नेशनल अर्गनाइजेशनको ईतिहास(एम एनओ), एम एनओको वर्तमान र भविष्य, एम एनओको विधान, अनुशासन, आचारसंहिताको विषयमा प्रष्ट पार्दै गोरखा जिल्ला अन्तर्गतका मंगोल नेशनल अर्गनाइजेशनका पदाधिकारीहरुलाई विधान वितरण गर्नु भएको थियो । कार्यक्रममा उपस्थित सम्पूर्णलाई स्वागत गर्दै मंगोल नेशनल अर्गनाइजेशन जिल्ला सभा गोरखाका सह-सचिव मान बहादुर गुरुङ ज्युले स्वागत मन्तव्य राख्नुभएको थियो र सचीव कृष्ण कुमारी घले श्रेष्ठ ज्युले कार्यक्रम सञ्चालन गर्नुभएको थियो ।

advertisement_1548050601.gif
प्रतिक्रिया दिनुहोस्