आइतबार 28 अप्रिल 2024

Flash News

  • <<<<मंगाेल भिजन साप्ताहिक पत्रिकाकाे इ. पत्रिका अब www.mongolvision.com मा अनलाइन पढ्न सकिनेछ>>>>
  • <<<<<समाचार एवं बिज्ञापनकाे लागी मंगाेल भिजनकाे तल दिइएकाे नम्बरमा सम्पर्क गर्नुहुन जानकारी गरिन्छ>>>>
  • <<<भिजन राष्ट्रिय साप्ताहिक पत्रिकाकाे अाधिकारिक युटुब च्यानल Mongol Vision Television (MVTV) हाे। मंगाेल नेशनल अर्गनाइजेशनकाे देशभरीका गतिबिधि हेर्न यस च्यानलमा subscribe अवस्य गर्नुहाेला।>>>

गोरखामा युग पुरुष अमर ड.गोपाल गुरुङको ८५औं जन्मोत्सव भव्यताका साथ सम्पन्न

देव बहादुर थापा मगर | 27 जूलाई 2020

गोरखामा  युग पुरुष अमर ड.गोपाल गुरुङको ८५औं जन्मोत्सव भव्यताका साथ सम्पन्न

गोरखा/ नेशनल अर्गनाइजेसन , जिल्ला सभा गोरखाको कार्यलय, गोरखामा आज मिति 27 July,2020 सोमबारको दिनमा एम.एन.ओ.जिल्ला सभा गोरखाका पुर्वअध्यक्ष तथा मंगोल नेशनल अर्गनाइजेसन जिल्ला सभा गोरखाको तेस्रो एतिहासिक जिल्ला अधिवेशनका संयोजक गङ्गा राना मगरज्युको सभाधक्ष्यतामा र मंगोल नेशनल अर्गनाइजेसन गण्डकी प्रदेश सभाका सल्लाहकार देव बहादुर थापा मगरज्युको प्रमुख आतिथ्यतामा मंगोल नेशनल अर्गनाइजेसनका संस्थापक प्रेसिडेन्ट ड. गोपाल गुरुङज्युको 85 औं जन्मोत्सव कार्यक्रम सभ्य र भव्यरुपमा सम्पन्न भएको छ । अतिथिका रुपमा मंगोल नेशनल अर्गनाइजेसन सहिद लखन गाउँ सभाका सल्लाहकार हुनुहुन्थ्यो । कार्यक्रममा आमन्त्रित सम्पूर्ण अतिथिज्युहरुले महत्वपूर्ण कुराहरू जोड्दै मन्तव्य दिनु भएका थिए। प्रमुख अतिथिज्युले केन्द्रबाट जारी भएको नीति तथा निर्देशनहरुलाइ जिल्ला सभाका सम्पुर्ण कार्यकर्ताहरुले इमानदारिपुर्वक पालना गर्नुपर्छ भन्दै अशिक्षित मुर्ख भन्दा शिक्षित मूर्ख अत्यन्त खतरनाक हुन्छ त्यस कारणले मंगोल नेशनल अर्गनाइजेसन अगाडि बढाउन शिक्षित भन्दा पनि इमान्दारीताबाट सम्भव भएको बताउँदै मन्तव्य दिनुभएको थियो।कार्यक्रम सन्चालन मंगोल नेशनल अर्गनाइजेसन, जिल्ला सभा गोरखाका पुर्व सचिव कृष्ण कुमारी घले श्रेष्ठज्युले गर्नु भएको थियो भने स्वागत मन्तब्य पुर्व प्रचार प्रसार सचिव प्रेम बरामज्युले राख्नु भएको थियो।

advertisement_1548050601.gif
प्रतिक्रिया दिनुहोस्