बिहिबार 2 मे 2024

Flash News

  • <<<<मंगाेल भिजन साप्ताहिक पत्रिकाकाे इ. पत्रिका अब www.mongolvision.com मा अनलाइन पढ्न सकिनेछ>>>>
  • <<<<<समाचार एवं बिज्ञापनकाे लागी मंगाेल भिजनकाे तल दिइएकाे नम्बरमा सम्पर्क गर्नुहुन जानकारी गरिन्छ>>>>
  • <<<भिजन राष्ट्रिय साप्ताहिक पत्रिकाकाे अाधिकारिक युटुब च्यानल Mongol Vision Television (MVTV) हाे। मंगाेल नेशनल अर्गनाइजेशनकाे देशभरीका गतिबिधि हेर्न यस च्यानलमा subscribe अवस्य गर्नुहाेला।>>>

गजुरी गाउँ अधिबेशन सम्पन्न

mongolvision | 14 डिसेम्बर 2021

गजुरी गाउँ अधिबेशन सम्पन्न


धादिङ / मंगोल नेशनल अर्गनाइजेशन गजुरी गांउपालिका सभाको ऎतिहासिक प्रथम गाउपालिका अधिबेशन सम्पन्न भएको छ ।
    ११ डिसेम्बर सनिवार धादिङको गजुरी गाउपालिका भदौरे स्थित खुल्ला मैदानमा प्रथम ऎतिहासिक प्रथम गजुरी गाउपालिका धिबेशन मुलआयोजक सभाका संयोजक बुद्धिमान तामाङको अध्यक्षता र संगठनका केन्द्रिय सर्बोच्च सभा सदस्य एबम कार्यालय सचिब रिन्छेन तामाङको प्रमुख आतिथ्यता एबम केन्द्रीय सदस्य कासिमा तामाङको विशेष आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो । कार्यक्रमको अतिथीहरुमा केन्द्रीय सदस्य धनमाया तामाङ  , मंगोल नेशनल अर्गनाइजेसन प्रथम बाग्मती प्रान्तीय अधिबेशन मुलआयोजक सभाका संयोजक राजेन्द्र तामाङ,  मुलआयोजक सभाका सचिब सालिक मगर  , प्रचार सचिब कर्म तामाङ ,  सदस्य सन्तोष कुमार तामाङ , जिल्ला सभाका अध्यक्ष धर्मराज सेन्देन , नुवाकोट जिल्ला सभाका अध्यक्ष प्रदिक्षा तामाङ ,नुवाकोट जिल्ला सभाका सचिब उमा तामाङ ,जिल्ला सभाका कोषाध्यक्ष वीर ब लामा , जिल्ला सभाका सदस्य चमन तामाङ ,जिल्ला सभाका सदस्य सुनिल तामाङ ,लगायत रहनु भएको थियो ।
  ऎतिहासिक प्रथम गाउपालिका  सभा कार्यक्रमको खुल्ला  घोषणा सभा कार्यक्रम सुरु हुन अघि सयौंको संख्यामा उपस्थित मंगोल नेता कार्यकर्ता तथा शुभचिन्तकहरुले कार्यक्रम स्थलमा नारा लगाएको थियो । लोकतन्त्र हाम्रो प्राण हो , धर्म निरपेक्ष हाम्रो मुटु हो , प्रान्तीयता हाम्रो अंङ्ग हो , मानव अधिकार लागू गर , हामी मंगोल हिन्दु होइनौं , जात जाती भन्दैनौ , हिन्दु चाड मान्दैनौ , आदिबासि जनजाती बाहुन छेत्री हुन , संबिधानमा मुलबासी मंगोल लेख , एम एनओ जिन्दावाद , ड गोपाल गुरुङ अमर रहुन , ऎतिहासिक प्रथम गजुरी गाउपालिका अधिबेशन सफल पारौ जस्ता नारा लगाएको थियो।
खुल्ला घोषणा सभा कार्यक्रम लाई सम्बोधन गर्दै प्रमुख अतिथी तामाङले नेता कार्यकर्ताहरु लाई चुनाव केन्द्रित भएर काम गर्न निर्देशन दिनु भयो साथै मुलबासी मंगोलहरु लाई धोका दिने बाहुन छेत्री पाटीका नेताहरु लाई बिस्वास गर्नु हुदैन जस्ता कुरा गर्नु भयो । कार्यक्रमका केन्द्रीय सदस्य कासिमा तामाङ  , केन्द्रिय सदस्य धनमाया तामाङ  ,बाग्मती प्रान्तीय मुलआयोजक सभाका संयोजक राजेन्द्र तामाङ , बाग्मती प्रान्तीय मुलआयोजक सभाका सचिब सालिक मगर , कर्म तामाङ , सन्तोष तामाङ , धर्मराज तामाङ , प्रदिक्षा तामाङ , उमा तामाङ , वीर ब तामाङ , चमन तामाङ , सुनिल तामाङ लगायतले पनि शुभकामना मन्तव्य राख्नु भएको थियो । बाग्मती प्रान्तीय अधिबेशन मुलआयोजक सभाका सचिब सालिक मगरले स्वागत मन्तव्य राख्नु भएको खुल्ला सभालाइ सक्त ब तामाङ कार्यक्रम  संचालन गरेका थिए ।
यसै बीच अधिबेशनको बन्द सत्रले कृष्ण ब तामाङको अध्यक्षतामा १८ सदस्यीय गजुरी गाउपालिका  सभा सर्बसहमतिले  चयन गरेको छ ।

advertisement_1548050601.gif
प्रतिक्रिया दिनुहोस्