शनिबार 20 अप्रिल 2024

Flash News

  • <<<<मंगाेल भिजन साप्ताहिक पत्रिकाकाे इ. पत्रिका अब www.mongolvision.com मा अनलाइन पढ्न सकिनेछ>>>>
  • <<<<<समाचार एवं बिज्ञापनकाे लागी मंगाेल भिजनकाे तल दिइएकाे नम्बरमा सम्पर्क गर्नुहुन जानकारी गरिन्छ>>>>
  • <<<भिजन राष्ट्रिय साप्ताहिक पत्रिकाकाे अाधिकारिक युटुब च्यानल Mongol Vision Television (MVTV) हाे। मंगाेल नेशनल अर्गनाइजेशनकाे देशभरीका गतिबिधि हेर्न यस च्यानलमा subscribe अवस्य गर्नुहाेला।>>>

गङ्गा जमुना धादिङमा मंगोल प्रशिक्षण सम्पन्न

mongol vision news | 20 फेब्रुअरी 2020

गङ्गा जमुना धादिङमा मंगोल प्रशिक्षण सम्पन्न

2020 फेब्रुवरी बाग्मती प्रदेश- मंगोल नेशनल अर्गनाइजेशन तेस्रो धादिङ जिल्ला सभा अधिवेशन मुल आयोजक सभाको आयोजनामा उत्तरी धादिङको गङ्गा जमुना गाउपालिका-1, री मा एकदिने मुलबासी मंगोल प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । जिल्लाको तेस्रो जिल्ला अधिवेशन नजिकिदै गर्दा प्रचार प्रसार तथा संगठन बिस्तार अभियानलाइ तिब्र गतिमा अगाडि बढाउने क्रममा 20 फेब्रुवरि 2020 का दिन संगठनका केन्द्रिय सर्वोच्च सभाका सदस्य रिन्चेन दोर्जे तामाङको प्रमुख आतित्यथामा प्रशिक्षण कार्यक्रम सम्पन्न भएको हो । सम्पन्न कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथी तामाङले मुलुकमा अल्पसंख्यक हिन्दु शरणार्थी बाहुनक्षेत्रीहरुको षडयन्त्रले लुटिएको सम्पुर्ण अधिकार फिर्ता गराउन मंगोल नेशनल अर्गनाइजेशनलाइ अग्नि परिक्षाको रुपमा हेर्नू पर्ने बेला आइसकेको कुरा बताउनु भयो । स्थानीय मंगोल शुभचिन्तक छ्यागु तामाङको अधक्षतामा सम्पन्न कार्यक्रममा एम.एन.ओ तेस्रो धादिङ जिल्ला सभा अधिवेशन मुल आयोजक सभाका सम्योजक सन्तोष कुमार तामाङ, आयोजक सभाका कोषाध्यक्ष वीर बहादुर लामा, मंगोल शुभचिन्तक धर्मराज तामाङ लगायतको उपस्थिति रहेको कार्यक्रम एम.एन.ओ. बाग्मती प्रदेश सभाका प्रचार प्रसार सचिव सालिक थापा मगर ले सन्चालन गरेका थिए ।

गङ्गा जमुना धादिङमा मंगोल प्रशिक्षण सम्पन्न

advertisement_1548050601.gif
प्रतिक्रिया दिनुहोस्