शनिबार 30 मार्च 2024

Flash News

  • <<<<मंगाेल भिजन साप्ताहिक पत्रिकाकाे इ. पत्रिका अब www.mongolvision.com मा अनलाइन पढ्न सकिनेछ>>>>
  • <<<<<समाचार एवं बिज्ञापनकाे लागी मंगाेल भिजनकाे तल दिइएकाे नम्बरमा सम्पर्क गर्नुहुन जानकारी गरिन्छ>>>>
  • <<<भिजन राष्ट्रिय साप्ताहिक पत्रिकाकाे अाधिकारिक युटुब च्यानल Mongol Vision Television (MVTV) हाे। मंगाेल नेशनल अर्गनाइजेशनकाे देशभरीका गतिबिधि हेर्न यस च्यानलमा subscribe अवस्य गर्नुहाेला।>>>

गण्डकी प्रान्तीय सभाको छैटौ बिस्तारि बैठक सम्पन्न

mongolvision | 30 नोभेम्बर 2021

गण्डकी प्रान्तीय सभाको छैटौ बिस्तारि बैठक सम्पन्न


पोखरा/ मंगोल नेशनल अर्गनाइजेशन गण्डकी प्रान्तीय सभाको छैटौं बिस्तारित बैठक कास्कीको पोखरामा सम्पन्न भएको छ ।
  गण्डकी प्रान्तीय सभाका अध्यक्ष नर बहादुर गुरुङ ( नवीन )को अध्यक्षता मंसिर १४ गते मंगलबार  पोखराको उतम चोक स्थित लालिगुरास पाटी प्यालेसको सभाहलमा बसेको बैठकले विभिन्न निर्णय गरेको अध्यक्ष गुरुङले मंगोल भिजन लाई जानकारी दिनुभएको छ । उहाका अनुसार बैठकले संगठनको ३३ औ स्थापना दिवस कार्यक्रम  जिल्ला सभाहरुले आ आफ्नो जिल्लामा भब्य रुपमा मनाउने , आगमि दिनहरुमा हुने चुनाव लाई मध्य नजर गर्दै त्यही अनुरुको कार्यक्रम गर्न जिल्ला सभाहरु लाई निर्देशन गर्ने  , प्रतिनिधि सभा , प्रान्तीय सभा एबम स्थानीय तहहरुमा उमेदवारहरु तयारी गर्न लगाउने लगायतको निर्णय गरेको छ । बैठकमा गण्डकी सभाका कोषाध्यक्ष निर्मल आलेले आर्थिक विवरण पेस गर्नु भएको थियो भने प्रचार सचिब  भिम बहादुर गुरुङले सांगठनिक  बिषयमा प्रतिबेदन प्रस्तुत गर्नु भयो । बैठकमा विभिन्न जिल्ला सभाका अध्यक्षहरुले आ आफ्नो जिल्ला को गतिविधि बारेमा बताउनु भएको थियो । बैठक प्रान्तीय सभाका सचिब कुल बहादुर शिष मगरले संचालन गर्नु भएको थियो ।

advertisement_1548050601.gif
प्रतिक्रिया दिनुहोस्