शुक्रबार 3 मे 2024

Flash News

  • <<<<मंगाेल भिजन साप्ताहिक पत्रिकाकाे इ. पत्रिका अब www.mongolvision.com मा अनलाइन पढ्न सकिनेछ>>>>
  • <<<<<समाचार एवं बिज्ञापनकाे लागी मंगाेल भिजनकाे तल दिइएकाे नम्बरमा सम्पर्क गर्नुहुन जानकारी गरिन्छ>>>>
  • <<<भिजन राष्ट्रिय साप्ताहिक पत्रिकाकाे अाधिकारिक युटुब च्यानल Mongol Vision Television (MVTV) हाे। मंगाेल नेशनल अर्गनाइजेशनकाे देशभरीका गतिबिधि हेर्न यस च्यानलमा subscribe अवस्य गर्नुहाेला।>>>

गण्डकी प्रदेश मातहतका बिभिन्न ज़िल्लामा संगठनको ३२ औं स्थापना दिवस सम्पन्न

Sushma Ale | 2 जनवरी 2021

गण्डकी प्रदेश मातहतका बिभिन्न ज़िल्लामा संगठनको ३२ औं स्थापना दिवस सम्पन्न

मिति 1st Jan,2021, शुक्रबारको दिनमा दोस्रो मंगोल नेशनल अर्गनाइजेसन तनहुँ जिल्ला अधिवेशनको मुल आयोजक सभाका संयोजक प्रेम बहादुर थापा मगर ज्युको सभाधक्ष्यतामा र मंगोल नेशनल अर्गनाइजेसन सर्वोच्च सभाका सदस्य तथा अनुशासन विभागका संयोजक गणेश चाम्लिङ राई ज्युको प्रमुख आतिथ्यतामा तनहुँ जिल्लाको दमौलीमा सभ्य र भव्य रुपमा अत्याधिक लोक समुदायहरुको उपस्तिथिमा मंगोल नेशनल अर्गनाइजेसन लमजुङ ,गोर्खा र दोस्रो ऐतिहासिक मंगोल नेशनल अर्गनाइजेसन जिल्ला अधिवेशनको मुल आयोजक सभाद्वारा संयुक्त रूपमा आयोजित मंगोल नेशनल अर्गनाइजेसनको ३२औं स्थापना दिवस तथा दोस्रो मंगोल नेशनल अर्गनाइजेसन जिल्ला अधिबेशनको खुल्ला घोषणा सभा कार्यक्रम सम्पन्न भएको छ । 
उक्त कार्यक्रममा मंगोल नेशनल अर्गनाइजेसन सर्वोच्च सभाका सदस्य सान बहादुर मेछे विशिष्ट अथिति हुनुहुन्थ्यो । अन्य अतिथिहरुमा मंगोल नेशनल अर्गनाइजेसन केन्द्रिय सभाका सदस्य तथा आर्थिक विभागका सदस्य सोम बहादुर गुरुङ , केन्द्रिय सदस्यहरु लाल कुमारी राना( थापा) , प्रविना थापा मगर ,मंगोल नेशनल अर्गनाइजेसन गण्डकी प्रदेश सभाका स-सचीव अनिता थापा मगर, सदस्यहरु भक्त बहादुर गुरुङ, कुलुकुमारी गुरुङ, बारपाक सुलिकोट गाउँपालिकाका प्रतिनिधि, घिरिङ गाउँ सभाको प्रतिनिधि बल बहादुर थापा मगर, आबुखैरेनी गाउँ सभाको प्रतिनिधी माया गुरुङ, घिरिङ गा.पा. वडा न. -३ का प्रतिनिधि रमेश थापा मगर, मंगोल नेशनल अर्गनाइजेसन ,सुन्दरबजार नगर सभाका अध्यक्ष पुर्ण बहादुर गुरुङमंगोल नेशनल अर्गनाइजेसन, आबुखैरेनी वडा-१ का अध्यक्ष हरिबहादुर गुरुङ, वडा-३ का अध्यक्ष सोम बहादुर गुरुङ , वडा -५ का अध्यक्ष भिम बहादुर गुरुङ ,वडा-२ का अध्यक्ष चिज कुमार गुरुङ, भानु-३ का अध्यक्ष राजीन थापा मगर, भानु-१० का अध्यक्ष आश बहादुर गुरुङ,आबुखैरेनी वडा-०५ का अध्यक्ष सान बहादुर गुरुङ, आबुखैरेनी गा.पा.-०५, बरालुङवेशी टोल सभाका अध्यक्ष कर्ण बहादुर गुरुङ हुनुहुन्थ्यो ।
29th Dec. 2020 मा भएको दोस्रो मंगोल नेशनल अर्गनाइजेसन जिल्ला अधिबेशनको बन्द सत्रबाट निर्विरोध रुपमा प्रेम थापा मगरको अध्यक्षतामा ३१ सदस्यीय मंगोल नेशनल अर्गनाइजेसन जिल्ला सभा तनहुँ निर्वाचित भएको छ । सचिव, कोषाध्यक्ष, स-सचीव र प्रचार प्रसार सचिवमा क्रमशः सुस्मा आले, ज्ञानी माया थापा , शम्भु राना र विष्णु आले हुनुहुन्छ । त्यस्तै गरी अन्य सदस्यहरूमा बसन्ती आले, ऋषिराम थापा, पुर्णिमा थापा, कल्पना राना, तुलचन्द थापा, आशिक थापा, जुन बहादुर थापा, प्रेम बहादुर पुन भिम बहादुर थापा कुमारकाजी गुरुङ, पर्शुराम थापा, वुम बहादुर राना, याम बहादुर गुरुङ, सुमित्रा थापा, होम बहादुर थापा, बल बहादुर राना, काशीराम गुरुङ, पदम बहादुर थापा, जगाराम गुरुङ, जित बहादुर अक्षामी, श्याम थापा, गुमा कुमारी राना मगर, दल बहादुर दल बहादुर थापा मगर , तुल बहादुर गुरुङ, अमर गुरुङ , अमर गुरुङ र विक्रम थापा मगर हुनुहुन्थ्यो । 
कार्यक्रममा उपस्थित सम्पुर्ण अतिथिज्युहरुले निर्वाचित हुनुभएका समपुर्णलाई सफल कार्यकालको शुभकामना तथा मंगोल नेशनल अर्गनाइजेसनको ३२ औं स्थापना दिवसको अवसरमा सम्पुर्ण उपस्थित महानुभावहरुलाई शुभकामना व्यक्त गर्नुभएको थियो। हिन्दु संस्कारले सभ्य होइन असभ्य हुन प्रेरित गर्दछ, हामी परिवर्तन हुने दिन आएको छ र हिजोको लादिएका संज्ञाजस्तो हुनुहुन्न भन्दै विशिस्ट अतिथि मेचेज्युले बाहुनवाद र हिन्दुवादको पराकाष्ठा गर्दै मन्त्वय राख्नु भएको थियो ।
 

गण्डकी प्रदेश मातहतका बिभिन्न ज़िल्लामा संगठनको ३२ औं स्थापना दिवस सम्पन्न

त्यस्तै गरि प्रमुख अतिथि राइज्युले संसद विघटन भइ चुनाव घोषणा मंगोल नेशनल अर्गनाइजेसनको लागि फाइदा नै हो, जित प्राप्तको लागि आजै बाट फिल्डमा गएर अभ्यास गर्नुपर्छ । कार्यक्रममा स्वागत मन्तव्य मंगोल नेशनल अर्गनजेशन जिल्ला सभा तनहुँको जिल्ला अधिबेशन मुल आयोजक सभाका सदस्य शम्भु राना मगरज्युले दिनुभएको थियो ।

कार्यक्रम संचालन मंगोल नेशनल अर्गनजेशन जिल्ला सभा तनहुँको जिल्ला अधिबेशन मुल आयोजक सभाका सचीब सुस्मा आलेज्युले गर्नु भएको थियो।

advertisement_1548050601.gif
प्रतिक्रिया दिनुहोस्