Anita Thapa magar | 4 सेप्टेम्बर 2019
मिति २०७६ भदौ १५ गते तदानुसार September 1,2019 को दिनमा मंगोल नेशनल अर्गनाइजेसन , गण्डकि प्रदेश सभाका अध्यक्ष नविन गुरुङज्युको सभाधक्ष्यतामा र केन्द्रिय मुलसचिव थम्मन बुढा मगरको प्रमुख आतिथ्यतामा गण्डकीको राजधानी पोखरामा गण्डकी प्रदेश सभाको नियमित बैठक सम्पन्न भएको छ। बैठकमा अतिथिहरु गण्डकी अन्तर्गत केन्द्रीय सदस्यहरु प्रेम छिरी शेर्पा ( मंगोल भिजनका निर्देशक) , सोम बहादुर गुरुङ ( आर्थिक विभागका सदस्य ), कुमार गुरुङ , लाल कुमारी राना , प्रबिना थापा मगर , आयुष मंगोल ,रुम माया चितौरे र गङ्गा खपाङ्गी रहनुभएकाे थियाे। बैठकको सन्चालन गण्डकी सचिव देव थापा मगरले गर्नु भएको थियो र स्वागत मन्तब्य प्रचार प्रसार सचिव अनिता थापा मगरले गर्नु भएको थियो।
त्यसै गरि पछिल्लो बैठकमा असोज११ ,२०७६ तदानुसार september 28 , 2019 को दिनमा हुने भनिएकाे गण्डकी प्रदेश सभाकाे प्रथम अधिवेशन स्याङ्जा जिल्लामा सभ्य र भव्य रुपमा सम्पन्न हुने भएको छ।
Copyright © 2020 Mongol Vision. All Rights Reserved.
Powered by : Dradtech Technology