शुक्रबार 19 अप्रिल 2024

Flash News

  • <<<<मंगाेल भिजन साप्ताहिक पत्रिकाकाे इ. पत्रिका अब www.mongolvision.com मा अनलाइन पढ्न सकिनेछ>>>>
  • <<<<<समाचार एवं बिज्ञापनकाे लागी मंगाेल भिजनकाे तल दिइएकाे नम्बरमा सम्पर्क गर्नुहुन जानकारी गरिन्छ>>>>
  • <<<भिजन राष्ट्रिय साप्ताहिक पत्रिकाकाे अाधिकारिक युटुब च्यानल Mongol Vision Television (MVTV) हाे। मंगाेल नेशनल अर्गनाइजेशनकाे देशभरीका गतिबिधि हेर्न यस च्यानलमा subscribe अवस्य गर्नुहाेला।>>>

गदि गाउँ पालिका ८ को वाड अधिबेशन सम्पन्न

mongol vision | 24 अप्रिल 2021

गदि गाउँ पालिका ८ को वाड अधिबेशन सम्पन्न

उदयपुर/ उदयपुरको गदि गाउँ पालिका वाड नम्बर ८ वाड सभाले आफ्नो प्रथम वाड अधिबेशन सम्पन्न गरेको छ ।

बैशाख ९ गते वाड सभाका अध्यक्ष सम्बर बहादुर आले मगरको अध्यक्षतामा र १ नम्बर प्रदेश सभाका अध्यक्ष भास्कर चाम्लिङको प्रमुख आतिथ्यतामा एवं उदयपुर जिल्ला सभाका अध्यक्ष जंग राना मगरको विशेष आतिथ्यतामा अधिबेशन सम्पन्न भएको थियो । वाड अधिबेशनलाई सम्बोधन गर्दै प्रमुख अतिथि चाम्लिङले निडर बनेर संगठनको काममा लाग्न सबै नेता कार्यकर्ताहरुलाई निर्देशन दिनुभयो साथै उहाँले आउँदो दिनमा हुने जुनसुकै चुनावको लागि पनि तयारी भएर त्यही अनुरुप काम गर्न आह्वान गर्नु भएको छ । अधिबेशनमा जिल्ला अध्यक्ष जङ राना, सचिव रेवत कुमार आले, कोषाध्यक्ष नर बहादुर मगर, पुर्ब जिल्ला सचिव गणेश किरिङ मगर लगायतले पनि आ -आफ्नो मन्तव्य राख्नुभएको थियो । कार्यक्रममा जिल्ला सदस्य जित कुमारी मगर, दान बहादुर किङ रिङ्ग मगर, होम बहदुर मगर, खडग मगर र चन्द्र तामाङ लगायतका विभिन्न टोल तथा स्थानीय जनसमुदायहरुको बाक्लो उपस्थित रहेको थियो । वाड अधिबेशनले सम्बर तामाङको अध्यक्षमा ७ सदस्य वाड सभा निर्माण गरेको छ । जसको सचिव लेख बहादुर खुलाल मगर, कोषाध्यक्ष जित माया आले, सह-सचिब धर्म बहादुर तामाङ र सदस्यहरुमा खड्क बहादुर आले, दान माया मगर रहनु भएको छ । नव गठित वाड पदाधिकारीहरुलाई कार्यक्रममा प्रमुख अतिथि १ नम्बर प्रदेश सभा अध्यक्ष भास्कर चाम्लिङले पद तथा गोपनियताको सपथ ग्रहण गराउनु भएको थियो ।

advertisement_1548050601.gif
प्रतिक्रिया दिनुहोस्