Mongol Vision | 4 सेप्टेम्बर 2021
दाङ / मंगोल नेशनल अर्गनाइजेसन घोराही उप नगर सभाको आयोजनामा दाङमा एक दिने मंगोल अवस्थित्व सम्बन्धि प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ ।
4 सेप्टेम्बर सनिवार का दिन घोराही उपमहानगर पालिका वडा नं.11 खैरा मा पुर्ण ब.घर्ती मगर ज्यु को सभा अध्यक्षता र लुम्बिनी प्रान्तिय सभाका सदस्य घनस्याम चौधरीको प्रमुख आतिथ्यता उक्त प्रशिक्षण कार्यक्रम सम्पन्न भएको थियो । कार्यक्रममा प्रमुख अतिथि चौधरीले प्रशिक्षण प्रदान गर्नु भएको थियो । सो क्रममा उहाले मंगोलवाद र एम एनओको सिद्धान्त बारेमा प्रष्ट पार्नु भयो । त्यस्तै अबको दिनमा एम एनओमा लाग्नुको विकल्प नभएको समेत बताउनु भयो । प्रशिक्षण कार्यक्रममा लुम्बिनी प्रान्तिय सभा कै सल्लाहकार बेद ब. थापा मगर,जिल्ला सभा दाङ का सल्लाहकार अम्मर ब. बुढा मगर, जिल्ला सभा दाङ का अध्यक्ष प्रीतम चौधरी, जिल्ला सभा दाङ का सचिब प्रीन्स घर्ती मगर ,जिल्ला सभा दाङ का सह-सचिब जितन पुन मगर, जिल्ला सभा दाङ का सदस्यहरु पहलमान आले मगर, सुशील चौधरी, जिउधन चौधरी, भिम ब. नेपाली लगायत घोराही उप नगर सभा का पढाधिकारी तथा स्थानीय मंगोल जनसमुदायहरुको उल्लेखनीय उपस्तिथि रहेको थियो ।
नगर सभा का सदस्य बिन्दु रोका मगर ज्यु ले स्वागत मन्त्यब राख्नु भएको कार्यक्रम नगर सभा का सचिब अंगिता चौधरी ले संचालन गर्नु भएको थियो ।
Copyright © 2020 Mongol Vision. All Rights Reserved.
Powered by : Dradtech Technology