शनिबार 4 मे 2024

Flash News

  • <<<<मंगाेल भिजन साप्ताहिक पत्रिकाकाे इ. पत्रिका अब www.mongolvision.com मा अनलाइन पढ्न सकिनेछ>>>>
  • <<<<<समाचार एवं बिज्ञापनकाे लागी मंगाेल भिजनकाे तल दिइएकाे नम्बरमा सम्पर्क गर्नुहुन जानकारी गरिन्छ>>>>
  • <<<भिजन राष्ट्रिय साप्ताहिक पत्रिकाकाे अाधिकारिक युटुब च्यानल Mongol Vision Television (MVTV) हाे। मंगाेल नेशनल अर्गनाइजेशनकाे देशभरीका गतिबिधि हेर्न यस च्यानलमा subscribe अवस्य गर्नुहाेला।>>>

घोराहीको रामपुरामा एम एनओको प्रशिक्षण

mongol vision | 12 अप्रिल 2021

घोराहीको रामपुरामा एम एनओको प्रशिक्षण

दाङ/ मंगाेल नेशनल अर्गनाइजेशन दाङ जिल्ला सभाको आयोजनामा एक दिने प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ ।

चैत २८ शनिबार जिल्ला सभा दाङले घाेराही उपमहानगरपालिका वाड नम्बर १३ रामपुरामा उक्त प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको हो । जिल्ला सभा अध्यक्ष पृतम चौधरीको अध्यक्षता र लुम्बिनी प्रदेश सभा अध्यक्ष दिपक थापाको प्रमुख आतिथ्यतामा भएको प्रशिक्षण कार्यक्रममा प्रमुख अतिथि थापाले सहभागीहरुलाई प्रशिक्षण प्रदान गर्नु भएको थियो । प्रशिक्षण क्रममा थापाले मंगोल दर्शनबारेमा प्रष्ट पार्नु भएको थियो ।

त्यस्तै उहाँले मंगोल नेशनल अर्गनाइजेशनमा किन लाग्ने भन्ने बारेमा पनि बुझाउनु भयो । कार्यक्रममा जिल्ला सभा सह-सचिब जितन पुनले पनि मन्तव्य राख्नु भएको थियो भने जिल्ला सल्लाहकार धन्सरी रोक्का, वसन्त बुढाथोकी, हिरा सरि बुढा, जिल्ला कोषाध्यक्ष मन बहादुर पुन, सदस्यहरु सुशील चौधरी, सुरेश प्रताप पुन, पहलमान आले, धर्म घती, कुमार घर्ती, भिम प्रकाश झाकी लगायतको पनि उपस्थिति रहेको थियो । कार्यक्रम कै अवसर पारेर बिन्दु राेका मगर अध्यक्षतामा ९ सदस्यीय १३ नम्बर वडा सभा गठन समेत गठन गरिएको छ । कार्यक्रम जिल्ला सचिब पृस घर्तीले सञ्चालन गर्नु भएको थियो ।

advertisement_1548050601.gif
प्रतिक्रिया दिनुहोस्