Mongol Vision | 23 मे 2025
घोराही/ मंगोल नेशनल अर्गनाइजेसन केन्द्रीय सभाका सदस्य धन सरि रोका मगरले संगठन लाई रु २५ लाख मुल्य बराबरको बराबरको १५ धुर जज्गा प्रदान गर्नु भएको छ
22nd May 2025 बिहीबारका मंगोल नेशनल अर्गनाइजेशन केन्द्रीय सभाका कोषाध्यक्ष धन प्रकाश खिम्दुङ राई र केन्द्रीय सर्बोच्च सभा सदस्य चन्द्र बान्तावादयको उपस्तिथिमा उहाले उक्त जग्गा जिल्ला मालपोत कार्यलय दाङमा संगठनको नाममा रजिस्ट्रार पास गरिद्नु भएको छ । उक्त जग्गामा एम एनओ जिल्ला साभा दाङको कार्यलय भवन निर्माणका हुनेछ । दाङ उप महानगर पालिका १४ निवासी केन्द्रीय सदस्य धन सरि रोका मगरले यस अघि नै संगठन लाई १५ धुर जग्गा प्रदान गर्ने घोषणा गर्नु भएको थियो । मंगोल मुक्ति महान यात्रामा लागि रहदा संगठन लाई मैले सानो सहयोग गने अवसर पाए , यसमा म अत्यन्तै खुसी छु उहाले भन्नू भयो । जग्गा रजिस्ट्रार पास गर्ने कार्यक्रममा संगठनका केन्द्रीय सभा सदस्य घनश्याम चौधरी, लुम्बिनी प्रान्तीय सभाका पदाधिकारी , दाङ जिल्ला सभाका पदाधिकारी लगायत उप महानगर सभा का नेता कार्यकर्ताहरुको बाक्लो उपस्थिति रहेको थियो ।
Copyright © 2020 Mongol Vision. All Rights Reserved.
Powered by : Dradtech Technology