Anita Thapa magar | 2 अक्टोबर 2019
मिति 2 october, 2019 को दिनमा मंगोल नेशनल अर्गनाइजेसन घिरिङ गाउँ सभाका अध्यक्ष भिम थापा मगरको सभाधक्ष्यतामा र केन्द्रिय प्रबिना थापा मगरको प्रमुख आतिथ्यतामा तनहुँ जिल्लाको घिरिङ गाउँ पालिका-०४, फुलामा मुलवासी मंगोलहरुको आवज विभेद रहित समाज सम्पुर्ण अहिन्दु मुलवासी मंगोलहरुको एकता , देश विकास, रोजगार र शान्तिको आवश्यकता , मुलवासी मंगोलहरुको सरकार बनाउनुपर्ने प्रतिबद्धता भन्ने मुलनाराका साथ मुलवासी मंगोल विषयक एकदिने प्रशिक्षण कार्यक्रम सम्पन्न भएको हो । विशिस्ट अतिथिका रुपमा मंगोल नेशनल अर्गनाइजेसन गण्डकी प्रदेश सभाका स-सचीव अनिता थापा मगर हुनुहुन्थ्यो। अन्य अतिथिहरुमा जिल्ला सभा तनहुँका अध्यक्ष प्रेम थापा मगर , एम.एन. ओ घिरिङ-०३ वडा सभक्का अध्यक्ष प्रशुराम थापा मगर , सदस्य बोम बहादुर राना मगर हुनुहुन्थ्यो । सम्पुर्ण अतिथिज्युहरुले शुभकामना मन्त्ब्य राख्नु भएको थियो । कार्यक्रमका विशिस्ट अतिथिज्युले नेपालमा बाहुन क्षेत्रीहरु प्रवेश गरेदेखी नै सोझा मुलवासी मंगोलहरुलाइ दास बनाउने जालझेल गरि काम गर्ने कालू मकै खाने भालु भनेझै मुलवासी मंगोललाइ मरिमेटेर कजाउने र उनिहरु सत्तामा बसेर रजाइँ गरेको बताउदै अन्य पार्टीहरुमा मुलवासी मंगोलहरुले उच्च ओहोदामा रहेर बहुसंख्यक मंगोलको लागि काम गर्ने सपना देख्नु भनेको आकशको फल आँखा तरि मर भनेजस्तै हो भन्दै एम.एन. ओ . कै लागि उपस्थित सम्पुर्णलाई केही वर्ष त्याग , तपस्या र बलिदान गर्न आह्वान गर्दै उक्त कार्यक्रम सफलताको शुभकामना दिनुभयो। त्यसरी नै प्रमुख अतिथिज्युले नेपालमा लुकाइराखेका इतिहास खोतालि मानविय अस्तित्व , नेपालको राजनैतिक अवस्थाबारेमा प्रस्ट्याउदै मुलवासी मंगोल रास्ट्रवादसम्बन्धी प्रशिक्षण दिनुभएको थियो ।
मन बहादुर थापा मगरको अध्यक्षतामा ११ सदस्यीय मङ्गोल नेसनल अर्गनाइजेसन घिरिङगा.पा-०४वडा सभा गठन भएको छ ।सचिवमा सोम माया थापा मगर हुनुहुन्थ्यो ।अन्य सदस्यहरूमा कालिमाया नेपाली , जि माया नेपाली , सुमन थापा मगर , कृष्ण थापा मगर , हिरा बहादुरनेपाली , थाक बहादुर थापा मगर , टेक बहादुर थापा मगर , खिम बहादुर बि.क. र शान्ति माया थापा मगर हुनुहुन्थ्यो । उक्त कार्यक्रम संचालन तथा उपस्थित सम्पुर्ण मुलवासी मंगोलप्रेमिहरुलाइ स्वागत जिल्ला सभा तनहुँका सचीव शुश्मा आले मगरले गर्नुभएको थियो।
Copyright © 2020 Mongol Vision. All Rights Reserved.
Powered by : Dradtech Technology