बिहिबार 18 अप्रिल 2024

Flash News

  • <<<<मंगाेल भिजन साप्ताहिक पत्रिकाकाे इ. पत्रिका अब www.mongolvision.com मा अनलाइन पढ्न सकिनेछ>>>>
  • <<<<<समाचार एवं बिज्ञापनकाे लागी मंगाेल भिजनकाे तल दिइएकाे नम्बरमा सम्पर्क गर्नुहुन जानकारी गरिन्छ>>>>
  • <<<भिजन राष्ट्रिय साप्ताहिक पत्रिकाकाे अाधिकारिक युटुब च्यानल Mongol Vision Television (MVTV) हाे। मंगाेल नेशनल अर्गनाइजेशनकाे देशभरीका गतिबिधि हेर्न यस च्यानलमा subscribe अवस्य गर्नुहाेला।>>>

घिरिङमा एम एनओको प्रशिक्षण

Susma Aale | 14 अप्रिल 2021

घिरिङमा एम एनओको प्रशिक्षण

तनहुँ/ मंगोल नेशनल अर्गनाइजेशन घिरिङ गाउँ सभाको पहलमा मंगोल राष्ट्रवाद सम्बन्धि एक दिने प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ ।

१४ अप्रील २०२१ का दिन मंगोल नेशनल अर्गनाइजेशन घिरिङ गाउँ सभाका अध्यक्ष भिम बहादुर थापा ज्युको सभाधक्ष्यतामा र मंगोल नेशनल अर्गनाइजेशन गण्डकी प्रदेश सभाका सह-सचीव अनिता थापा मगर ज्युको प्रमुख आतिथ्यतामा र एम एनओ घिरिङ गाउँ सभाको आयोजनामा घिरिङ गाउँपालीका वडा ३ पोखरीछाप तनहुँमा मंगोलहरुको आवाज विभेदरहित समाज, सम्पुर्ण अहिन्दु मुलवासी मंगोलहरुको एकता देश विकास र रोजगार र शान्तिको आवश्यकता, मुलवासी मंगोलहरुको सरकार बनाउनु पर्ने प्रतिबद्धता भन्ने मुल नाराका साथ मुलबासी मंगोल राष्ट्रवाद सम्बन्धि एक दिने प्रशिक्षण कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रममा विशिष्ट अथितिमा मंगोल नेशनल अर्गनाइजेशन जिल्ला सभा तनहुँका अध्यक्ष प्रेम थापा हुनुहुन्थ्यो । बिशिष्ट अतिथी ज्युले यो देश्को आमूल परिवर्तनका लागि मंगोल नेशनल अर्गनाइजेशन अबको अन्तिम विकल्प हो भन्दै वहाँले उपस्थित सम्पुर्णमा जानकारी दिनुभएको थियो । कार्यक्रमका प्रशिक्षक तथा प्रमुख अतिथी थापा ज्युले उपस्थित स्थानीय लोकसमुदायहरुलाई मानव अस्तित्व र लुकाईएका नेपालको असली ईतिहासहरुको बारेमा प्रस्ट्याउदै बाहुनवाद र हिन्दुवादको पराकाष्ठा पारी अब यो देशका मुलवासी मंगोल मगर, गुरुङ राई, लिम्बू, दमाई, कामी, सार्की, कोचे, मेचे, थारु, धिमाल आदि विभिन्न जातजातिमा विभाजन नभई मुलवासीहरुको साझा संगठन मंगोल नेशनल अर्गनाइजेशनमा आबद्ध भइ मानव सरह बाँच्नुपर्छ भन्दै अत्यन्तै प्रभावकारी प्रशिक्षण दिनुभएको थियो । मंगोल नेशनल अर्गनाइजेशन जिल्ला सभा तनहुँका सदस्य भिम बहादुर थापा ज्युले कार्यक्रम सञ्चालन गर्नुभएको थियोे ।

advertisement_1548050601.gif
प्रतिक्रिया दिनुहोस्