शुक्रबार 19 अप्रिल 2024

Flash News

  • <<<<मंगाेल भिजन साप्ताहिक पत्रिकाकाे इ. पत्रिका अब www.mongolvision.com मा अनलाइन पढ्न सकिनेछ>>>>
  • <<<<<समाचार एवं बिज्ञापनकाे लागी मंगाेल भिजनकाे तल दिइएकाे नम्बरमा सम्पर्क गर्नुहुन जानकारी गरिन्छ>>>>
  • <<<भिजन राष्ट्रिय साप्ताहिक पत्रिकाकाे अाधिकारिक युटुब च्यानल Mongol Vision Television (MVTV) हाे। मंगाेल नेशनल अर्गनाइजेशनकाे देशभरीका गतिबिधि हेर्न यस च्यानलमा subscribe अवस्य गर्नुहाेला।>>>

हल्दिबारीको मंगोल चौकमा मंगोल राष्ट्रवाद सम्बन्धि प्रशिक्षण कार्यक्रम सम्पन्न ।

Mongol Vision News | 23 अक्टोबर 2019

हल्दिबारीको मंगोल चौकमा मंगोल राष्ट्रवाद सम्बन्धि प्रशिक्षण कार्यक्रम सम्पन्न ।

झापा/ झापाको हल्दिबारी गाउँपालिका वडा नम्बर -५ स्थित मंगोल चौकमा मंगोल राष्ट्रवाद सम्बन्धी एकदिने खुल्ला प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । आज 23 October बुधबारका दिन मंगोल नेशनल अर्गनाइजेशन जिल्ला सभा झापाको आयोजना र मंगोल नेशनल अर्गनाइजेशन भद्रपुर नगर सभाको सक्रियतामा उक्त प्रशिक्षण कार्यक्रम सम्पन्न भएको हो । एमएनओ झापा जिल्ला सभाका अध्यक्ष लासिम हाङ मंगोलको सभाध्यक्षता र संगठनका केन्द्रीय सदस्य श्याम लिम्बूको प्रमुख आतिथ्यतामा उक्त प्रशिक्षण कार्यक्रम भएको थियो । मंगोल चौकका स्थानीय मंगोलप्रेमिहरुको उत्साहजनक उपस्थिति भएको कार्यक्रम भद्रपुर नगर सभाका सचिव अर्जुन लोवाको स्वागत मन्तव्य संगै कार्यक्रम शुरूवात भएको थियो । त्यसै गरि कार्यक्रमका प्रमुख अतिथी श्याम लिम्बूले उपस्थित मंगोलप्रेमिहरुलाई मानव अस्तित्व लगायत देशको समसामयिक राजनिती विषयमा प्रष्ट पार्नु भयो । प्रशिक्षणको क्रममा लिम्बूले संगठनको नीति र विधान विपरीत जाने जो कोहि भएता पनि कार्वाहीमा पर्ने बताउनु भयो त्यस्तै मंगोल नेशनल अर्गनाइजेशनको मुख्य उद्धेश्य देशमा समानता, भातृत्व, स्वतन्त्रता र मानवअधिकारको वास्तविक रुपमा प्रत्याभूत गराउनु रहेको र उक्त अभियानमा संगठन लागि परेको उहाँले बताउनु भयो । मंगोल नेशनल अर्गनाइजेशन जिल्ला सभा झापाकी सचिव बानीरा मेचेले कार्यक्रम सन्चालन गरेकि थिइन् भने उक्त कार्यक्रम पश्चात् स्थानीय मंगोलप्रेमी लोकसमुदायको प्रश्नहरुको प्रमुख अतिथि श्याम लिम्बूले उत्तर प्रदान गर्नुहुदै संगठनबारे अझ स्पष्ट पार्नु भएको थियो ।

advertisement_1548050601.gif
प्रतिक्रिया दिनुहोस्