सोमबार 29 अप्रिल 2024

Flash News

  • <<<<मंगाेल भिजन साप्ताहिक पत्रिकाकाे इ. पत्रिका अब www.mongolvision.com मा अनलाइन पढ्न सकिनेछ>>>>
  • <<<<<समाचार एवं बिज्ञापनकाे लागी मंगाेल भिजनकाे तल दिइएकाे नम्बरमा सम्पर्क गर्नुहुन जानकारी गरिन्छ>>>>
  • <<<भिजन राष्ट्रिय साप्ताहिक पत्रिकाकाे अाधिकारिक युटुब च्यानल Mongol Vision Television (MVTV) हाे। मंगाेल नेशनल अर्गनाइजेशनकाे देशभरीका गतिबिधि हेर्न यस च्यानलमा subscribe अवस्य गर्नुहाेला।>>>

हल्दिवारीमा मंगोलको प्रशिक्षण

mongolvision | 26 फेब्रुअरी 2022

हल्दिवारीमा मंगोलको प्रशिक्षण


झापा/ मंगोल नेशनल अर्गनाइजेशन जिल्ला सभा झापाको आयोजनामा हल्दिवारी-२ स्थित गौरी गाउँमा एकदिने मंगोलवाद सम्बन्धी प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । 

२६ फेब्रुअरी का दिन सम्पन्न उक्त कार्यक्रममा एम. एन. ओ. जिल्ला सभा झापाका सदस्य सुभाष लिम्बूको सभाध्यक्षता  एवं एम. एन. ओ. १ नं. प्रान्तीय सभाका अध्यक्ष भाष्कर चाम्लिङको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा मंगोल अन्लाईन टिभी का पत्रकार अर्जुन लोवाको पनि उपस्थिति रहेको थियो । कार्यक्रममा उपस्थित लोक समुदायहरुलाई कार्यक्रमका प्रमुख अतिथि चाम्लिङले मानव उत्पत्ति, अस्तित्व र पहिचान, एम. एन. ओ. को राजनैतिक अवधारणा र उद्देश्यका बारेमा प्रष्ट्याउनु भएको थियो । प्रशिक्षणको दौरानमा उहाँले अबको समय आफ्नो अस्तित्व, हक अधिकारको साथै मुलुकको उन्नति र प्रगतिको निमित्त भाले चिन्हमा मतदान गर्नुपर्ने टड्कारो आवश्यकता रहेको जगजाहेर गर्नुभयो । जिल्ला सभाका सहसचिव भरत राईले स्वागत मन्तव्य राखेको उक्त कार्यक्रम जिल्ला सदस्य जयेन मगरले सञ्चालन गरेका थिए ।

advertisement_1548050601.gif
प्रतिक्रिया दिनुहोस्