बिहिबार 2 मे 2024

Flash News

  • <<<<मंगाेल भिजन साप्ताहिक पत्रिकाकाे इ. पत्रिका अब www.mongolvision.com मा अनलाइन पढ्न सकिनेछ>>>>
  • <<<<<समाचार एवं बिज्ञापनकाे लागी मंगाेल भिजनकाे तल दिइएकाे नम्बरमा सम्पर्क गर्नुहुन जानकारी गरिन्छ>>>>
  • <<<भिजन राष्ट्रिय साप्ताहिक पत्रिकाकाे अाधिकारिक युटुब च्यानल Mongol Vision Television (MVTV) हाे। मंगाेल नेशनल अर्गनाइजेशनकाे देशभरीका गतिबिधि हेर्न यस च्यानलमा subscribe अवस्य गर्नुहाेला।>>>

हरि बहादुर गाहाको अध्यक्षतामा दस सदस्यीय एमएनओ पालुङ वडा सभा गठन

Mongol Vision News | 22 जूलाई 2019

हरि बहादुर गाहाको अध्यक्षतामा दस सदस्यीय एमएनओ पालुङ वडा सभा गठन

पाल्पा/ मंगोल नेशनल अर्गनाइजेशन पाल्पा जिल्ला सभाको रुब्दिकोट गाउँपालिका वडा नम्बर ७ पालुङ वडा सभा गठन भएको छ । 15 July मंगलबारका दिन मंगोल नेशनल अर्गनाइजेशन जिल्ला सभा पाल्पाको सक्रीयतामा रुब्दिकोट 7 स्तित पालुङमा मंगोल राष्ट्रवाद सम्बन्धी एक प्रशिक्षण कार्यक्रमको बीच हरी बहादुर गाहाको अध्यक्षतामा 10 सदस्यीय पालुङ वडा सभा गठन भएको हो । जसको सचिव, कोषाध्यक्ष र सहसचिवमा क्रमशः ईशा गाहा, तिर्थ बहादुर गाहा र प्रेम बहादुर गाहा रहेका छन् । त्यसैगरी सदस्यहरुमा संगिता गाहा, निर्मला गाहा, पबित्रा गाहा, खुम बहादुर गाहा, मिना गाहा र निरज गाहा छन् । कार्यक्रममा पाल्पा जिल्ला सभाका अध्यक्ष तोप खाम्चा मगरको प्रमुख आतिथ्यता रहेको थियो । त्यस्तै अतिथिहरुमा मंगोल नेशनल अर्गनाइजेशन बगनाशकाली गाउँपालिका सदस्य सुनिता गाहा र नमिता पचभैयाको पनि उपस्थित रहेको थियो । पालुङ गाउँका स्थानिय मूलवासी मंगोलहरुको बाक्लो उपस्थिति बीच प्रमुख अतिथी तोप खाम्चाले मंगोल राष्ट्रवाद सम्बन्धी प्रशिक्षण प्रदान गर्नुभएको थियो । प्रशिक्षणकै दौरान खाम्चाले आदिवासी जनजाती मूलवासी मंगोलहरुलाईनै शव्दको भुमरीमा भुलाई अस्तित्व विहिन पशुतुल्य बनाउने विदेशी शरणार्थी बाहुन क्षेत्रीको षड्यन्त्र रहेको बताउनु भयो । आजसम्म विदेशी शरणार्थी बाहुन क्षेत्री विज्ञानलाई धोती लगाउन सफल भएकै कारण अहिन्दू मूलवासी मंगोल माथी हिन्दूवादलाई धार्मिक हतियारधारी रुपमा प्रहार गरेका कारण हाम्रो अस्तित्व गुम्नाम भएको उहाँले बताउनु भयो । त्यस्तै उहाँले संसारमा 3 वर्ण (Race) को मानवको मात्र उत्पत्ति भएता पनि नेपालमा भने बाहुन क्षेत्रीले 36 वर्णको भनी ब्यवहारप्रतिकूल शिक्षा पठनपाठन गराएका कारण वास्तविकता ओझेल परे संगै हामि आफ्नो अस्तित्व देखि बिरानो बन्नुपरेको बताउनु भयो । कार्यक्रममा बगनासकाली गाउँपालिका सदस्य संगीता गाहाले स्वागत मन्तव्य राख्नु भएको थियो भने पाल्पा जिल्ला सभा सदस्य जनक रानाले कर्यक्रम सन्चान गर्नुभएको थियो ।

advertisement_1548050601.gif
प्रतिक्रिया दिनुहोस्