Bijayaraj Limbu | 19 अप्रिल 2025
साङरुम्बामा MNO द्वारा एकदिने मंगोलवाद प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ।
साङरुम्बामा/ईलाम,आज दिनांक 19th April 2025 तदनुसार वैशाख ६ गते शनिवारका दिन मंगोल नेशनल अर्गनाइजेशन ईलाम जिल्ला सभाको आयोजनामा एमएनओ इलाम जिल्ला सचिव विशाल लिम्बुको सभाध्यक्षतामा एवम् कार्यक्रमको विषेश आकर्षण तथा संगठनका केन्द्रीय सह सचिव सान मेचे ज्यूको प्रमुख आथित्यतामा ईलाम -१२ स्थित साङरुम्बामा मंगोलवाद प्रशिक्षण कार्यक्रम भव्यताको साथ सम्पन्न भएको छ।
कार्यक्रममा विशिष्ट अतिथिको रूपमा एमएनओ झापा जिल्ला सभाका प्रचारप्रसार सचिव विजयराज लिम्बु रहनुभएको थियो। अथितहरुमा क्रमशः प्रेम लिम्बु, लालबहादुर लिम्बू साथै साङरुम्बाका स्थानीय एमएनओ/मंगोल प्रेमी जेष्ठ नागरिक तथा अग्रज व्यक्तित्वहरुको उपस्थिति रहेको थियो। आजको उक्त प्रशिक्षण कार्यक्रम स्थलमा स्थानीय ६० जना भन्दा बढी जनमानसहरुको बाक्लो उपस्थिति रहेको थियो।
कार्यक्रमको प्रमुख अथिति सान मेचे द्वारा मंगोलवाद विषयमा संगठनको महत्वपूर्ण धारणा ,महामानव डा.गोपाल गुरुङ ज्यूको योगदान साथै मानव अस्तित्व र मंगोलहरुको उत्पत्ति सम्बन्धि प्रशिक्षण दिनु भएको थियो।
एमएनओ इलाम जिल्ला प्रचारप्रसार सचिव सविन लोक्तम लिम्बुले सञ्चालन गरेको आजको कार्यक्रम एमएनओ ईलाम जिल्ला सभा सदस्य बुद्धिमान नेम्वाङ ज्युले स्वागत मन्तव्य राखेका थिए।
Copyright © 2020 Mongol Vision. All Rights Reserved.
Powered by : Dradtech Technology