Mongol Vision News | 26 मे 2019
इलाम / मंगोल नेशनल अर्गनाइजेशन केन्द्रीय सभाका सदस्य धनराज राना मगरको प्रमुख आतित्यथामा इलाम जिल्ला सभा अन्र्तगत देउमाइ नगरपालिका मा एकदिने प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । प्रशिक्षण कार्यक्रमकै अवसरमा भएको छलफलमा आगामी मंसीर महिना भित्र देउमाइ नगरपालिका भित्रका सबै वडा र टोलहरुमा वडा तथा टोल सभा गठन गरी नगर सभा गठन गरिसक्ने प्रतिबद्धता समेत जाहेर भएको छ । कार्यक्रम मा नगर सभा गठन नभए सम्म संगठनको कार्य सञ्चालन गर्नको निम्ति कार्यलय को निम्ति केन्द्रीय सदस्य धनराज राना मगर कै नीजि निवासमा एउटा कोठा प्रदान गर्ने निर्णय समेत भएको छ । कार्यक्रममा जिल्ला सभा सदस्य सुर्य तामाङको बिशेष आतित्यथा रहेको थियो ।
Copyright © 2020 Mongol Vision. All Rights Reserved.
Powered by : Dradtech Technology