आइतबार 13 जूलाई 2025

Flash News

  • <<<<मंगाेल भिजन साप्ताहिक पत्रिकाकाे इ. पत्रिका अब www.mongolvision.com मा अनलाइन पढ्न सकिनेछ>>>>
  • <<<<<समाचार एवं बिज्ञापनकाे लागी मंगाेल भिजनकाे तल दिइएकाे नम्बरमा सम्पर्क गर्नुहुन जानकारी गरिन्छ>>>>
  • <<<भिजन राष्ट्रिय साप्ताहिक पत्रिकाकाे अाधिकारिक युटुब च्यानल Mongol Vision Television (MVTV) हाे। मंगाेल नेशनल अर्गनाइजेशनकाे देशभरीका गतिबिधि हेर्न यस च्यानलमा subscribe अवस्य गर्नुहाेला।>>>

ईलाममा/ ऐतिहासिक मंगोल म्यूजियम सन्दकपुर भवन निर्माण भएको छ।

Mongol Vision | 12 जून 2025

ईलाममा/ ऐतिहासिक मंगोल म्यूजियम सन्दकपुर भवन निर्माण भएको छ।

सन्दकपुर-३/ईलाम,

१० जुन २०२५ का दिन इलामको सन्दकपुर गाउँपालिका वडा नं. ३ स्थित देउराली माइपातलमा  मंगोल नेशनल अर्गनाइजेशनका फाउण्डर प्रेसिडेन्ट महामानव ड. गोपाल गुरुङ ज्युको नवौँ स्मृती सभाको अवसरमा ऐतिहासिक भवन "मंगोल म्युजियम सन्दकपुर इलाम" समुदघाटन र शालिक अनावरण कार्यक्रमलाई सम्बोधन गर्दै कार्यक्रमका प्रमुख अतिथी प्रेसिडेन्ट बुद्धलाल मेचेले मंगोल नेशनल अर्गनाइजेशनको इतिहासको विरासतलाई बचाउन र मूलवासी मंगोलहरुको सुरक्षित भविष्य सुनिश्चत गर्न जीवनभर आफू प्रतिबद्ध रहेको जिकिर गर्नुभयो । साथै उहांले मंगोल नेशनल अर्गनाइजेशनलाई नचाहने तत्वहरु देशकै निमित्त बाधक रहेको बताउँदै संगठनको वृद्धि र विकासमा दत्तचित्त भएर लाग्न सबै नेता कार्यकर्तालाई निर्देशित गर्नुभएको छ । साथै महामानव ड. गोपाल गुरुङ र ऐतिहासिक व्यक्तित्वद्वय वीरेन लामा गुरुङ र मान बहादुर राई(सिंगापुरे) प्रति श्रद्धासुमन प्रकट गर्नुभएको छ । 

 

प्रेसिडेन्ट मेचे भन्नुहुन्छ : महामानव ड. गोपाल गुरुङ ज्युले भन्नुभएको थियो, मंगोल नेशनल अर्गनाइजेशनको बिउ भित्रको बिज जोगाउन अनिकालको समयमा काम लागेका व्यक्तिहरु हुन वीरेन लामा गुरुङ र मान बहादुर राई (सिंगापुरे) उनीहरुलाइ कहिल्यै नबिर्सनु । वहाँकै निर्देशन अनुरुप शालिक निर्माण गरेका हौँ । "मंगोल म्युजियम सन्दकपुर इलाम "एमएनओ को इतिहासको रक्षाका साथै अग्रजहरुको त्याग र बलिदानप्रति समर्पित बन्नु हाम्रो कर्तव्य र दायित्व संगै भावी पिढीँलाई निस्वार्थ त्याग र उदार भावनाको मंगोल संस्कार हस्तान्तरण गर्नलाई हो । 

 

उक्त कार्यक्रममा मंगोल म्युजियम सन्दकपुर इलाम भवन उदघाटन संगै महामानव ड. गोपाल गुरुङ ज्यु र वहाँलाई साथ र सहयोग गर्नुहुने ऐतिहासिक व्यक्तित्वद्वय विरेन लामा गुरुङ र मान बहादुर राई (सिंगापुरे) को शालिक अनावरण गरिएको हो । शालिक अनावरणमा वहाँहरुको सम्झनामा गीत समर्पण गर्दै मंगोल नेशनल अर्गनाइजेशन चिरायु रहुन, मंगोलवाद दर्शन दिर्घायु रहुन, महामानव ड. गोपाल गुरुङ अमर रहुन, वीर वीरेन लामा गुरुङ अमर रहुन, वीर मान बहादुर वान्तवा अमर रहुन, लोकतन्त्र हाम्रो प्राण हो, धर्मनिरपेक्ष हाम्रो मुटु हो, प्रान्तीयता हाम्रो अंग हो लगायतका नाराहरु लागेका थिए । 

 

कार्यक्रममा ऐतिहासिक व्यक्तित्वद्व्य वीरेन लामा गुरुङ र मान बहादुर राई (सिंगापुरे) का परिवारहरु साथै संगठनको वृद्धि र विकासमा योगदान पुर्याउनुहुने संगठनका नेता तथा कार्यकर्ताहरुलाई प्रेसिडेन्ट मेचेले दोसल्ला ओढाई कदर पत्र हस्तान्तरण गरी सम्मान गर्नुभएको थियो । 

 

कार्यक्रममा संगठनका कार्यकारिणी सभाका पदाधिकारीहरु मूलसचिव सन्तोष तामाङ, सचिव मणि पापो लिम्बू, कोषाध्यक्ष धनप्रकाश राई, सहसचिव सान मेचे, प्रवक्ता रिन्छेन तामाङ, प्रचारप्रसार सचिव श्याम लिम्बूको विशिष्ट आतिथ्यता रहेको थियो । केन्द्रिय सर्वोच्च सभाका सदस्यहरु, केन्द्रिय सदस्यहरु, प्रान्तीय सभाका अध्यक्षहरुको आतिथ्यता रहेको रहेको थियो । 

 

कार्यक्रमा कोशी प्रीन्तीय सभाका अध्यक्ष सागर राई, केन्द्रिय सदस्यहरु कल्पना चौधरी, प्रदिक्षा तामाङ, श्रीषा तामाङ, लासिमहाङ लिम्बू, घनश्याम चौधरी सर्वोच्च सभाका सदस्यहरु प्रविना थापा मगर, देव माक्रेहाङ, केन्द्रिय प्रचारप्रसार सचिव श्याम लिम्बू, प्रवक्ता रिन्छेन तामाङ, मूलसचिव सन्तोष तामाङले मन्तव्य राख्नु

भएको थियो । कार्यक्रममा इलाम जिल्ला अध्यक्ष सुन्दर लिम्बूले स्वागत मन्तव्य राखेका थिए भने देशैभरका हजारौँ मंगोलहरुको बाक्लो उपस्थितिका बिचमा 

केन्द्रीय सर्वोच्च सभा सदस्य तथा भवण निर्माण सभाका संयोजक केन्द्रीय सर्वोच्च सभा सदस्य गणेश चाम्लिङको सभाधयक्षतामा समपन्न उक्त कार्यक्रमलाई सचिव चन्द्रमान राईले सञ्चालन गरेका थिए ।

ईलाममा/ ऐतिहासिक मंगोल म्यूजियम सन्दकपुर भवन निर्माण भएको छ।

advertisement_1548050601.gif
प्रतिक्रिया दिनुहोस्