शुक्रबार 29 मार्च 2024

Flash News

  • <<<<मंगाेल भिजन साप्ताहिक पत्रिकाकाे इ. पत्रिका अब www.mongolvision.com मा अनलाइन पढ्न सकिनेछ>>>>
  • <<<<<समाचार एवं बिज्ञापनकाे लागी मंगाेल भिजनकाे तल दिइएकाे नम्बरमा सम्पर्क गर्नुहुन जानकारी गरिन्छ>>>>
  • <<<भिजन राष्ट्रिय साप्ताहिक पत्रिकाकाे अाधिकारिक युटुब च्यानल Mongol Vision Television (MVTV) हाे। मंगाेल नेशनल अर्गनाइजेशनकाे देशभरीका गतिबिधि हेर्न यस च्यानलमा subscribe अवस्य गर्नुहाेला।>>>

ईलाममा एकदिने प्रशिक्षणसंगै समिक्षा कार्यक्रम सम्पन्न

Mongol Vision News | 15 नोभेम्बर 2019

ईलाममा एकदिने प्रशिक्षणसंगै समिक्षा कार्यक्रम सम्पन्न

ईलाम / मंगोल नेशनल अर्गनाइजेशन जिल्ला सभा ईलामको आयोजनामा एक दिने प्रशिक्षणसंगै कालो दशै बहिष्कार र बलिहाङ्ग पर्वको जै मंगोल अभियान सम्पन्न बारेमा समिक्षा कार्यक्रम सम्पन्न भएको छ । ईलाम नगरपालिका वार्ड नम्बर २ स्थित ईलाम बजारको तमु गेस्ट हाउसको बैठक हलमा सम्पन्न उक्त प्रशिक्षण तथा समिक्षा कार्यक्रममा मंगोल नेशनल अर्गनाइजेशन जिल्ला सभा ईलामका अध्यक्ष प्रेम कुमार तामाङको अध्यक्षता रहेकोे थियो । ४ वटा नगरपालिका र ६ वटा गाँउपालिकाबाट प्रतिनिधित्व गर्दै उक्त प्रशिक्षण तथा समिक्षा कार्यक्रममा उपस्तिथि हुनुभएका सम्पुर्ण मंगोलप्रेमी नेताकार्यकर्ता तथा शुभेच्छुकहरुलाई उक्त कार्यक्रमका प्रमुख अतिथि तथा संगठनका केन्द्रिय प्रेसिडेन्ट बुद्धलाल मेचेले डेढ घण्टा लामो प्रशिक्षण प्रदान गर्नुभएको थियो । प्रमुख अतिथि मेचेले भन्नुभयो " हाम्रो साझा दुश्मन विदेशी हिन्दुआर्य बाहुनक्षेत्रीलाई विरोध गर्न अहिन्दु मुलवासी मंगोलहरुको साझा संगठन मंगोल नेशनल अर्गनाइजेशनमा आबद्ध हुनु नितान्त आवश्यक छ , यदि बाहिर बसेर विरोध गरेजस्तो गर्नु भनेको सिस्टम बिना बन्दुकको गोलिलाई हातले हाने जस्तो हो , जब एउटा बन्दुकको गोलिलाई हातले हानेर आफ्नो दुश्मनलाई मार्न सकिन्दैन घाइतेसम्म बनाउन सकिएला तर त्यही गोलीलाई बन्दुकको नालमा फिट गरेर प्रहार गर्न सकियो भने दुश्मन ढल्छ , जब हामीले सिस्टमभित्र छिर्छौ तब मात्र सफल हुन्छौ । त्यसैले हामी अहिन्दु मुलवासी मंगोलहरुले जुनसुकै तह र तप्कामा बसेर साझा दुश्मन विदेशी हिन्दुआर्यको काला कर्तुत पर्दाफास गर्न खोजेपनि एमएनओमा आबद्ध हुनैपर्छ अनि मात्रै यहाँका मुलवासी मंगोलहरुको गुमेको हक अधिकार फिर्ता गर्न सक्छौं "। कालो दशै बहिष्कार तथा जै मंगोल अभियानका कार्यक्रमहरुमा विभिन्न अवरोधहरु आफ्नै समुदायको ब्याक्तिहरुबाट आउने गरेको गुनासो गंगा योन्जन , मुस्कान कर्ण , शेर बहादुर तामाङले कार्यक्रममा प्रस्तुत गरेपछि उक्त विषयलाई इन्कित गर्दै प्रमुख अतिथि मेचेले थपमा भन्नुभयो " एउटा असल लिडर हुनुको निम्ति अनेकौं बिध्नबाधाहरु पचाउन सक्नुपर्छ , कसैले इट्टा ढुङ्गा हाने सजाएर सुन्दर घर बनाइदिनुहोस , गाली बेइज्जतीसंगै गुनगुनाउदै कागती, सुन्तला, फलफूल आदिले प्रहार गरे चिनी नुन मिसाइ सर्वत पानी बनाएर पिइदिने बानी बसाल्नु होस् अनि मात्र आफुले सोचेको टाढाको गन्तव्यमा पुग्न सक्छौं नभए न असल नेता बन्न सक्छौं न त आफ्नो लक्ष्यमा पुग्न सक्छौं "।

ईलाममा एकदिने प्रशिक्षणसंगै समिक्षा कार्यक्रम सम्पन्न

बिहान ११:५५ बजेबाट शुरुभएको प्रशिक्षण तथा समिक्षा कार्यक्रममा विशिष्ट अतिथि केन्द्रिय प्रचारप्रसार सचीव तथा केन्द्रिय प्रकाशन सभाका संयोजक मणि पापो लिम्बू , केन्द्रिय सदस्य तथा अनुशासन बिभाग संयोजक गणेश चाम्लुङ्ग राई , केन्द्रिय सदस्य तथा मंगोल भिजन मिडियाका प्रमुख राज कुमार गुरुङ , केन्द्रिय सदस्यहरु गलेन्द्र योङ्गहाङ्ग लिम्बू , प्रेम जिम्बा तामाङ , देब माक्रेहाङ्ग राई , राजन चाम्लिङ राई , बैकल्पिक केन्द्रिय सदस्य लक्ष्मण माक्रेहाङ्ग राइको पनि उपस्थिति रहेकोे थियो । उक्त प्रशिक्षण तथा समिक्षा कार्यक्रममा अब आउदै गरेको इलाम जिल्लाको १४औं जिल्ला अधिवेशनको लागि पनि छलफल भएको थियो भने नयाँ जिल्ला सदस्यमा कुसुम तामाङलाई नियुक्ति गरिएको थियो । सुन्दर पर्यटकीय जिल्ला तथा मंगोल नेशनल अर्गनाइजेसन संगठनको लागि ऐतिहासिक जिल्ला ईलाममा भएको उक्त कार्यक्रममा बिनिता लिम्बुले स्वागत मन्त्यब्य राखेकी थिइन भने चन्द्रमान बुङ्गछेन राईले कार्यक्रम संचालन गरेका थिए ।

advertisement_1548050601.gif
प्रतिक्रिया दिनुहोस्