बिहिबार 23 अप्रिल 2026

Flash News

  • <<<<मंगाेल भिजन साप्ताहिक पत्रिकाकाे इ. पत्रिका अब www.mongolvision.com मा अनलाइन पढ्न सकिनेछ>>>>
  • <<<<<समाचार एवं बिज्ञापनकाे लागी मंगाेल भिजनकाे तल दिइएकाे नम्बरमा सम्पर्क गर्नुहुन जानकारी गरिन्छ>>>>
  • <<<भिजन राष्ट्रिय साप्ताहिक पत्रिकाकाे अाधिकारिक युटुब च्यानल Mongol Vision Television (MVTV) हाे। मंगाेल नेशनल अर्गनाइजेशनकाे देशभरीका गतिबिधि हेर्न यस च्यानलमा subscribe अवस्य गर्नुहाेला।>>>

इलाम जिल्लाको माङ्सेबुङ गाउँ तदर्थ सभा गठन ।

Mongol vision news | 21 सेप्टेम्बर 2019

इलाम जिल्लाको माङ्सेबुङ गाउँ  तदर्थ  सभा गठन ।

इलाम/ मंगोल नेशनल अर्गनाइजेशन इलाम जिल्ला सभामा तदर्थ माङसेबुङ गाउँसभा गठन भएको छ ।

       21 सेप्टेम्बर शनिबारका दिन स्थानीय मंगोलप्रेमि धर्मराज योङहाङको सभाध्यक्षता र संगठनका केन्द्रीय प्रचारप्रसार सचिव मणि पापोको प्रमुख आतिथ्यमा इलामको माङसेबुङ-५ स्थित भालुटार लिङदेन माविको हलमा मंगोल राष्ट्रवाद सम्बन्धि एक प्रशिक्षण कार्यक्रमको बीच प्रेमराज केरुङको अध्यक्षतामा ११ सदस्यीय तदर्थ माङसेबुङ गाउँसभा गठन भएको छ । जसको सचिव, कोषाध्यक्ष र सहसचिवमा क्रमशः कृष्ण मगर, अशोक कुमार फागो र विरेन्द्र कुमार लिम्बू रहेका छन् । त्यस्तै सदस्यहरुमा धर्मराज योङहाङ, कालिबहादुर आङबुहाङ, गंगाप्रसाद आङबुहाङ, कृष्ण कुरुम्बाङ, कर्ण बहादुर लिम्बू र चकालुङ लिम्बू चयन भएका छन् । कार्यक्रममा केन्द्रीय सभामा सदस्य सान बहादुर मेचे विशिष्ट अतिथिको रुपमा रहनु भएको थियो भने अन्य अतिथिहरुमा प्रदेश नम्बर एकका सचिव सागर राई, माईनगर सभाका अध्यक्ष चन्द्र फागो र कमल गाउँसभाका अध्यक्ष प्रेम लिम्बू रहनु भएको थियो । कार्यक्रमका विशिष्ट अतिथी सान बहादुर मेचे उपस्थित मंगोलप्रेमी महानुभावहरुलाई मौखिक तथा लिखित रुपमा मंगोल राष्ट्रवाद सम्बन्धि प्रशिक्षण प्रदान गर्न्ज भएको थियो भने प्रमुख अतिथी मणि पापोले नवगठित पदाधिकारीहरुलाई पद तथा गोपनियताको सपथ ग्रहण गराउनु भएको थियो । अतिथी प्रेम लिम्बूले शुभकामना मन्तव्य राख्नु भएको थियो त्यस्तै चन्द्र फागोले स्वागत मन्तव्य राख्नु भएको थियो भने उक्त प्रशिक्षण कार्यक्रम सागर राईले सन्चालन गर्नु भएको थियो ।

advertisement_1548050601.gif
प्रतिक्रिया दिनुहोस्