Mongol Vision News | 7 अगस्ट 2019
इलाम/ इलामको तल्लो भेग स्थित चुलाचुलीमा पछिल्लो समय मूलबासी मंगोल समुदायहरु मंगोल राष्ट्रवाद बारेमा जागरुक बन्दै एमएनओमा आबद्ध बनिरहेका छन । मंगोल नेसनल अर्गनाइजेशन मोरङ जिल्ला सभाको लगातारको मूलवासी मंगोल जागरण अभियान पछि त्यस क्षेत्रका मूलबासी मंगोल समुदायहरु जागरुक बन्दै छन । यसै बिच बुधबार साउन २२ गते एमएनओ मोरङ जिल्ला सभाको पहलमा चुलाचुली गाउँपालिका ६ मा एक दिने मंगोल राष्ट्रवाद बिषयमा प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । संगठनका केन्द्रीय सदस्य सुरज फोम्बो लिम्बुको उपस्थितिमा सम्पन्न भएको उक्त प्रशिक्षण कार्यक्रमलाई फम्बोले नै सहभागीहरुलाई प्रशिक्षण प्रदान गर्नु भएको थियो । सो क्रममा उहाँले मुलबासी मंगोलहरु पछि पर्नुको कारण, एमएनओको सिद्धान्त र उदेश्य माथि प्रष्ट पार्नु भयो । स्थानीय मुलबासी मंगोल देब राज मुकारुङको अध्यक्षतामा सम्पन्न भएको प्रशिक्षण कार्यक्रममा त्यस क्षेत्रका लोक समुदायहरुको उल्लेखनीय सहभागीता रहेको थियो भने मोरङ जिल्ला सभाका अध्यक्ष बिकेन बान्तवाले कार्यक्रम सचालन गर्नु भएको थियो ।
Copyright © 2020 Mongol Vision. All Rights Reserved.
Powered by : Dradtech Technology