बुधबार 24 अप्रिल 2024

Flash News

  • <<<<मंगाेल भिजन साप्ताहिक पत्रिकाकाे इ. पत्रिका अब www.mongolvision.com मा अनलाइन पढ्न सकिनेछ>>>>
  • <<<<<समाचार एवं बिज्ञापनकाे लागी मंगाेल भिजनकाे तल दिइएकाे नम्बरमा सम्पर्क गर्नुहुन जानकारी गरिन्छ>>>>
  • <<<भिजन राष्ट्रिय साप्ताहिक पत्रिकाकाे अाधिकारिक युटुब च्यानल Mongol Vision Television (MVTV) हाे। मंगाेल नेशनल अर्गनाइजेशनकाे देशभरीका गतिबिधि हेर्न यस च्यानलमा subscribe अवस्य गर्नुहाेला।>>>

इलामको चुलाचुलीमा मंगोल विषयक प्रशिक्षण सम्पन्न

Baneera Mongol Meche | 23 फेब्रुअरी 2019

इलामको चुलाचुलीमा मंगोल विषयक प्रशिक्षण सम्पन्न

       इलाम/ मंगोल नेशनल अर्गनाइजेशन मोरङ जिल्ला सभाको सक्रियतामा इलाम जिल्लाको चुलाचुली गाउँपालिका वडा नम्बर ६ आसेटारमा एकदिने खुल्ला मंगोल विषयक प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । 21 फेब्रुअरी बिहिवारका दिन चुलाचुली आसेटारका स्थानिय चेतम मगरको अध्यक्षतामा उक्त प्रशिक्षण कार्यक्रम भएको हो ।

     

    कार्यक्रममा प्रमुख अतिथी संगठनका केन्द्रीय सदस्य सुरज फोम्बो लिम्बू र विशिष्ट अतिथिमा लाल बहादुर मगर रहनु भएको थियो । त्यसैगरी अतिथिमा टेक बहादुर मगर रहेका थिए भने कार्यक्रममा मुख्य प्रशिक्षक प्रमुख अतिथी फोम्बो लिम्बूले अहिन्दू मूलवासी मंगोल लोकसमुदायहरुको बाल्को उपस्थिति माझ मानव अस्तित्व लगायत संगठनको निति र उद्धेश्यबारे प्रष्ट पार्नु भयो । विदेशी बाहुन क्षेत्री आफ्नो स्वार्थपूर्तिका लागि आजसम्म हामिलाई विभिन्न षडयन्त्रमा फसाउँदै, अल्मलाउँदै हामिलाई राज गरिरहेकोले विदेशी बाहुन क्षेत्रीको विश्वास नहुने र आजसम्मको परिवर्तन एउटा बाहुनको हातबाट अर्को क्षेत्रीको हातमा राज्य सुन्पिने कार्य मात्र भएकोले अबको विकल्प बाहुन क्षेत्री र तिनका पार्टी नभएर मंगोल र मंगोल नेशनल अर्गनाइजेशन मात्रै भएकोले हाम्रो आउने भावी सन्ततिको उज्वल भविष्यको निम्ति मंगोल राष्ट्रवाद नै हाम्रो मुक्तिकोबाटो रहेको कुरामा प्रष्ट पार्नु भयो । त्यस्तै नेपालमा मानवअधिकार अझैपनि हनन भईरहेको र मंगोलले मंगोल भन्न नपाउनु मानवअधिकार हनन भएको हो ।

 

    लोकतन्त्रमा मानवअधिकार सुनिश्चित हुन्छ तर यहाँ लोकतन्त्रको पनि खिल्ली उडाउने कार्य भएको कुरामा पनि फोम्बोले जोड दिनु भयो । हामीलाई अहिले मंगोल भन्न नदिएर आदिवासी जनजाती बनाएकोले संसारमा कहीँ पनि मानव अस्तित्व आदिवासी नभएकोले यस देशको समस्त ८०% अहिन्दू मूलवासी मंगोललाई देश विहिन शरणार्थी बनाउने अभियान रहेकोले आदिवासी जनजातीको वास्तविक अर्थ र असरबारे पनि प्रशिक्षण प्रदान गर्नुहुँदै हामी मंगोल यहीँ देशको मूलवासी भएकोले यि शव्दको जालमा नफस्न आग्र गर्नु भयो । यसैगरी कार्यक्रममा स्वागत अन्तव्य टेकबादहुर मगरले राख्नु भएको थियो भने कार्यक्रम सन्चाल शिवकुमार राईले गरेका थिए ।

advertisement_1548050601.gif
प्रतिक्रिया दिनुहोस्