बुधबार 22 अप्रिल 2026

Flash News

  • <<<<मंगाेल भिजन साप्ताहिक पत्रिकाकाे इ. पत्रिका अब www.mongolvision.com मा अनलाइन पढ्न सकिनेछ>>>>
  • <<<<<समाचार एवं बिज्ञापनकाे लागी मंगाेल भिजनकाे तल दिइएकाे नम्बरमा सम्पर्क गर्नुहुन जानकारी गरिन्छ>>>>
  • <<<भिजन राष्ट्रिय साप्ताहिक पत्रिकाकाे अाधिकारिक युटुब च्यानल Mongol Vision Television (MVTV) हाे। मंगाेल नेशनल अर्गनाइजेशनकाे देशभरीका गतिबिधि हेर्न यस च्यानलमा subscribe अवस्य गर्नुहाेला।>>>

इलामको जर्सिङ गाउँमा एमएनअोको प्रशिक्षण

Baneera Mongol Meche | 19 मार्च 2019

इलामको जर्सिङ गाउँमा एमएनअोको प्रशिक्षण

 

इलाम / मंगोल नेशनल अर्गनाइजेशन इलाम जिल्ला सभाको पहलमा सूर्योदय नगरपालिका - १२ जर्सिङ गाउँमा एकदिने मूलवासी मंगोल विषयक प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ ।

इलामको जर्सिङ गाउँमा एमएनअोको प्रशिक्षण

चैत २ गते सूर्योदय नगरपालिका वडा नं. १२ वडा सभाका अध्यक्ष दिलिप कुमार राईको सभाध्यक्षता र संगठनका केन्द्रीय वरिष्ठ सदस्य दिलिप याङमा राईको प्रमुख अातिथ्यता साथै केन्द्रीय सदस्य राजन चाम्लिङ राईको विशिष्ट अातिथ्यतामा प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । त्यस्तै अतिथिमा इलाम जिल्ला सभाका अध्यक्ष प्रेम बम्जन रहनुभएको थियो ।

 

कार्यक्रममा मूलवासी मंगोलहरुको उल्लेख्य उपस्थिति रहेको कार्यक्रमलाई कार्यक्रमका विशिष्ट अतिथि साथै मुख्य प्रशिक्षक राजन चाम्लिङले एमएनको सांगठनिक साथै मूलवासी मंगोलको विषयमा प्रशिक्षण प्रदान गर्नु भएको थियो । त्यस्तै कार्यक्रममा प्रमुख अतिथि दिलिप याङमा र अतिथि प्रेम बम्जनले समेत अा - अाफ्नो धारणा राख्नुभएको थियो । उक्त कार्यक्रमलाई वडा सचिव जानुका राई सञ्चालन गरेकी थिइन् ।

advertisement_1548050601.gif
प्रतिक्रिया दिनुहोस्