शनिबार 21 फेब्रुअरी 2026

Flash News

  • <<<<मंगाेल भिजन साप्ताहिक पत्रिकाकाे इ. पत्रिका अब www.mongolvision.com मा अनलाइन पढ्न सकिनेछ>>>>
  • <<<<<समाचार एवं बिज्ञापनकाे लागी मंगाेल भिजनकाे तल दिइएकाे नम्बरमा सम्पर्क गर्नुहुन जानकारी गरिन्छ>>>>
  • <<<भिजन राष्ट्रिय साप्ताहिक पत्रिकाकाे अाधिकारिक युटुब च्यानल Mongol Vision Television (MVTV) हाे। मंगाेल नेशनल अर्गनाइजेशनकाे देशभरीका गतिबिधि हेर्न यस च्यानलमा subscribe अवस्य गर्नुहाेला।>>>

इलामको माइनगरमा एमएनओ का अग्रज कार्यकर्ता सम्मानित ।

मंगोल भिजन पत्रिका | 5 अगस्ट 2025

इलामको माइनगरमा एमएनओ का अग्रज कार्यकर्ता सम्मानित ।

इलामको माइनगरमा संगठनका अग्रज कार्यकर्ता सम्मानित 

 

5 अगस्ट २०२५ का दिन एमएनओ इलामको आयोजनामा माइनगर-८ स्थित कलकत्तेमा सम्पन्न एक विशेष कार्यक्रम बिच संगठनका अग्रज कार्यकर्ताहरुलाई सम्मान गरिएको छ । 

 

कार्यक्रमका प्रमुख अतिथी संगठनका प्रेसिडेन्ट बुद्धलाल मेचे र केन्द्रिय सर्वोच्च सभा सदस्य शान्तिलाल धिमालद्वारा संगठनका अग्रज व्यक्तित्वहरुलाई दोसल्ला ओढाइ सम्मान पत्र संगै केही धनराशी सहित सम्मान गरिएको थियो । 

 

कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथी प्रेसिडेन्ट मेचेले मंगोलवाद दर्शन र मंगोल नेशनल अर्गनाइजेशनको वृद्धि र विकासमा महामानव ड. गोपाल गुरुङ ज्युलाई ऐतिहासिक साथ र सहयोग दिएर योगदान पुर्याउनुहुने अग्रज कार्यकर्ताहरुलाई सम्मान गरिएको जिकिर गर्दै अग्रजहरुप्रति सम्मान र श्रद्धामा गर्नु नै मंगोल संस्कार रहेकाले यसमा कोहि अग्रजहरु नछुट्ने बताउनुभयो । 

 

कार्यक्रममा अतिथिहरु झापा जिल्ला अध्यक्ष सागर दर्जी, कोशी प्रान्तीय सभा सदस्य भानु धिमाल, केन्द्रिय सदस्यद्व्य अर्जुन लोवा, लासिमहाङ लिम्बू, केन्द्रिय सर्वोच्च सभा सदस्यद्वय दिलिप धिमाल र शान्तिलाल धिमालले शुभकामना मन्तव्य राखेका थिए । कार्यक्रममा मिङ्मा तामाङ संगै अग्रज मंगोल गायक गोपाल धिमालको गायन प्रस्तुती समेत रहेको थियो । जिल्ला सभा इलामका अध्यक्ष सुन्दर वजीको सभाध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा माइनगरका अध्यक्ष सन्तोष गोलेले स्वागत मन्तव्य राखेका थिए भने  जिल्ला सचिव विशाल लिम्बूले कार्यक्रम सञ्चालन गरेका थिए ।

इलामको माइनगरमा एमएनओ का अग्रज कार्यकर्ता सम्मानित ।

advertisement_1548050601.gif
प्रतिक्रिया दिनुहोस्