शुक्रबार 29 मार्च 2024

Flash News

  • <<<<मंगाेल भिजन साप्ताहिक पत्रिकाकाे इ. पत्रिका अब www.mongolvision.com मा अनलाइन पढ्न सकिनेछ>>>>
  • <<<<<समाचार एवं बिज्ञापनकाे लागी मंगाेल भिजनकाे तल दिइएकाे नम्बरमा सम्पर्क गर्नुहुन जानकारी गरिन्छ>>>>
  • <<<भिजन राष्ट्रिय साप्ताहिक पत्रिकाकाे अाधिकारिक युटुब च्यानल Mongol Vision Television (MVTV) हाे। मंगाेल नेशनल अर्गनाइजेशनकाे देशभरीका गतिबिधि हेर्न यस च्यानलमा subscribe अवस्य गर्नुहाेला।>>>

इलामको माङ्गसेबुङ्गमा एकदिने मंगोल प्रशिक्षण

Mongol Vision News | 24 नोभेम्बर 2019

इलामको माङ्गसेबुङ्गमा एकदिने मंगोल प्रशिक्षण

इलाम / मंगोल नेशनल अर्गनाइजेसन जिल्लासभा मोरङ्गको विशेष सक्रियतामा मोरङ्ग जिल्लाको सिमाना जोडिएको इलाम जिल्लाको माङ्गसेबुङ्ग- गाउँपालिकामा वार्ड न -४ मा एकदिने मुलवासी मंगोलको "मंगोल रास्ट्रवाद" सम्बन्धि खुल्ला प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ ।

           

स्थानीय अहिन्दु मुलवासी मंगोल पन्चमान लिङ्गदेन लिम्बुको पहल साथै नेत्र बहादुर राइको अध्यक्षतामा सम्पन्न भएको उक्त प्रशिक्षण कार्यक्रममा प्रमुख अतिथि तथा प्रमुख प्रशिक्षक मंगोल नेशनल अर्गनाइजेसन केन्द्रिय सभाका सदस्य सुरज फोम्बो लिम्बू रहनु भएको थियो । प्रमुख प्रशिक्षक लिम्बुले उपस्थित स्थानीय मंगोलप्रेमी अहिन्दु मुलवासी मंगोल शुभेच्छुक शुभचिन्तकहरुलाई भन्नुभयो "हाम्रो मंगोलभुमि नेपालमा हामी यसधर्तीका असली भुमिपुत्रहरुलाइ हिन्दुआर्य क्षेत्री बाहुनहरुले पटक-पटक झुटको राजनीति गरेरहेका छन् , समय अनुसार हाम्रो राजनीति चेतनालाई हेरेर कहिले जनजाति मतुवाली ,कहिले आदिवासी जनजाति भन्दै हुकुमबासीहरुलाई सुकुम्बासी बनाइ रहेका छन् भने हामी तिनै धुर्त हिन्दुआर्यको पछी लागेर आउदो पिडिको भविस्यमाथि जानी या अन्जानी खेलवाड गरिरहेका छौं , कयौंपटक नाम र झण्डा मात्रै बेग्लै मुख्य उदेश्य एउटै ( अहिन्दु मुलवासी माथि हेपाहा नीति लाद्ने ) बोकेका बाहुनवादी पार्टीका नेतालाई जिताएर राजनीति बागडोर सुम्पदैँ विश्वको सुन्दर मंगोलभुमी नेपाललाई बदनाम गराइरहेका छौं , अब यस्तो गल्ती अविलम्ब रोकिनु पर्छ र त्यो ताल्चा तपाई हाम्रो हातमा छ ।

 

    थपमा प्रमुख अतिथी लिम्बुले भन्नुभयो " अबको आउदो हर तहको चुनावमा मंगोल नेशनल अर्गनाइजेशनलाई आफ्नो अमुल्य भोट प्रदान गरि आफ्नो गुमेको हक अधिकार फिर्ता संगै ८०% अहिन्दु मुलवासी मंगोलहरुको प्रारम्भिक ब्यवस्था नाना ,माना र छानाको सुरक्षा गर्नको निम्ति मंगोलहरुको साझा संगठन मंगोल नेशनल अर्गनाइजेशन आवद्ध हुन बाहेक दोस्रो विकल्प नरहेको सत्यता प्रष्ट पार्दै अब ढिलो नगरी यो पवित्र ,सच्चा, समानता ,स्वतन्त्रता र मानवअधिकारवादी संगठनलाई विभिन्न तह र तप्कामा रहनुभएका मुलवासी मंगोलहरुले हरतवरबाट साथ सहयोग गर्न आवश्यक रहेकोे छ भन्नू भयो "। मंसिरे चटारो भएपनि अमुल्य समय दिएर सम्पन्न भएको उक्त प्रशिक्षण कार्यक्रम मिक्लाजुङ्ग गाउँपालिकाका अध्यक्ष अभिनास राइले संचालन गरेका थिए ।

advertisement_1548050601.gif
प्रतिक्रिया दिनुहोस्