शनिबार 20 अप्रिल 2024

Flash News

  • <<<<मंगाेल भिजन साप्ताहिक पत्रिकाकाे इ. पत्रिका अब www.mongolvision.com मा अनलाइन पढ्न सकिनेछ>>>>
  • <<<<<समाचार एवं बिज्ञापनकाे लागी मंगाेल भिजनकाे तल दिइएकाे नम्बरमा सम्पर्क गर्नुहुन जानकारी गरिन्छ>>>>
  • <<<भिजन राष्ट्रिय साप्ताहिक पत्रिकाकाे अाधिकारिक युटुब च्यानल Mongol Vision Television (MVTV) हाे। मंगाेल नेशनल अर्गनाइजेशनकाे देशभरीका गतिबिधि हेर्न यस च्यानलमा subscribe अवस्य गर्नुहाेला।>>>

इलामको माङसेबुङमा मंगोल राष्ट्रवाद सम्बन्धि प्रशिक्षण कार्यक्रम सम्पन्न

Mongol Vision News | 5 नोभेम्बर 2019

इलामको माङसेबुङमा मंगोल राष्ट्रवाद सम्बन्धि प्रशिक्षण कार्यक्रम सम्पन्न

इलाम/ मंगोल नेशनल अर्गनाइजेशनको ऐतिहासिक जिल्ला इलाम जिल्ला सभाको माङसेबुङ गाउँपालिका स्थित वडा नम्बर चार सिङफेरे टोलमा मंगोल राष्ट्रवाद सम्बन्धि एकदिने प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । १७ गते सोमबारका दिन माङसेबुङका स्थानिय मंगोलप्रेमी लोक समुदायको मंगोल राष्ट्रवाद प्रतिको उत्कण्ठामा स्थानीय पन्चमान लिङदेनको सक्रियतामा कमल लिम्बूको सभाध्यक्षतामा उक्त प्रशिक्षण कार्यक्रम सम्पन्न भएको थियो । कार्यक्रममा संगठनका केन्द्रीय सदस्य सुरज फोम्बो प्रमुख अतिथी तथा मुख्य प्रशिक्षकको रुपमा रहनु भएको थियो ।

     प्रशिक्षणकै क्रममा फोम्बोले मानव अस्तित्व लगायत आदिवासी जनजाती र मूलवासी मंगोल शव्दप्रती प्रष्ट्याउदै हाम्रो मानव अस्तित्व कुनै जातजाति नभएर विश्व विज्ञान र मानव शास्त्रले पुष्टि गरेको "मंगोल" रहेको बताउनु भयो । त्यसैगरी आदिवासी जनजाती शब्द यतिबेला चर्चित शब्द रहेता पनि यसको असर त्यत्तिकै गहिरो रहेको बताउनु भयो । बाहुन क्षेत्रीले हामिलाई आदिवासी जनजाती बनाउनु देश विहिन शरणार्थी बनाउने षड्यन्त्र रहेको बताउनु भयो । हाम्रो वास्तविक अस्तित्वको कुरा मोडिदिन यतिबेला पहिचान शव्दलाई अगाडी बढाईरहेको बेला अस्तित्व र पहिचानमा रनभुल्ल नपरी अस्तित्वको लडाइँ लड्नुपर्ने कुरामा फोम्बोले जोड दिनु भएको थियो ।

advertisement_1548050601.gif
प्रतिक्रिया दिनुहोस्