बिहिबार 2 मे 2024

Flash News

  • <<<<मंगाेल भिजन साप्ताहिक पत्रिकाकाे इ. पत्रिका अब www.mongolvision.com मा अनलाइन पढ्न सकिनेछ>>>>
  • <<<<<समाचार एवं बिज्ञापनकाे लागी मंगाेल भिजनकाे तल दिइएकाे नम्बरमा सम्पर्क गर्नुहुन जानकारी गरिन्छ>>>>
  • <<<भिजन राष्ट्रिय साप्ताहिक पत्रिकाकाे अाधिकारिक युटुब च्यानल Mongol Vision Television (MVTV) हाे। मंगाेल नेशनल अर्गनाइजेशनकाे देशभरीका गतिबिधि हेर्न यस च्यानलमा subscribe अवस्य गर्नुहाेला।>>>

इलामका पुर्व जिल्ला सदस्य गम्भीर अवस्थामा

Mongol Vision News | 30 जूलाई 2019

इलामका पुर्व जिल्ला सदस्य गम्भीर अवस्थामा

इलाम/ मंगोल नेशनल अर्गनाइजेशन इलाम जिल्ला सभाका पुर्ब जिल्ला सदस्य धनबहादुर राई उर्फ चुणामणी साम्पाङ लामो समय देखी आन्द्रा र लिवरको समस्याका कारण यतिबेला गम्भीर अवस्थामा पुगेका छन । सुर्योदय नगरपालिका वडा नम्बर ९ जर्सिङ गाउँ निवासी चुणामणी साम्पाङ मंगोल नेशनल अर्गनाइजेशन इलाम जिल्ला सभाको पुर्व जिल्ला सदस्य रहि संगठन विस्तारमा सक्रीय सदस्य समेत रहेका थिए । आन्द्रा र लिवरको लामो समयदेखि समस्या देखा परेकाले विगत केही समय देखि साम्पाङ घरमै आराम गरिरहेका थिए । उपचारका क्रममा झापाको बिर्तासिटी, बजरंग मेडिकलमा देखाएता पनि रोग पत्ता नलागेकोले समस्या झेलिरहेका थिए । रोग पत्ता नलागेकोले स्वास्थ खराब बन्दै गईरहेकोले झापाको बिर्तासिटिमा पुन: उपचारका क्रममा आन्द्रा र लिवरमा क्यान्सर देखा परेकाले तत्काल चितवन स्थित भरतपुर क्यान्सर अस्पतालमा उपचार गराउँदै आएका साम्पाङको परिवारले जानकारी दिएको छ । भरतपुरमा उपचार सम्भव नभएकाले भारतको सिलिगुडीमा उपचार गराउँदै आएका उनी यतिबेला खर्च अभावका कारण जीवन र मृत्यु संग संघर्ष गरिरहेको छ । सामान्य पारिवारिक स्थितिका उनी बाँचेर संगठनको निम्ति अझै केही गर्ने सोचका उनी जीवन र मृत्युको लडाई लडिरहेका छन । यसैगरि बिरामीको उपचारका लागि भने इलाम जिल्ला र झापा जिल्लाका संगठनका कार्यकर्ताहरुबीच आर्थिक संकलन भएको छ ।

advertisement_1548050601.gif
प्रतिक्रिया दिनुहोस्