बुधबार 22 अप्रिल 2026

Flash News

  • <<<<मंगाेल भिजन साप्ताहिक पत्रिकाकाे इ. पत्रिका अब www.mongolvision.com मा अनलाइन पढ्न सकिनेछ>>>>
  • <<<<<समाचार एवं बिज्ञापनकाे लागी मंगाेल भिजनकाे तल दिइएकाे नम्बरमा सम्पर्क गर्नुहुन जानकारी गरिन्छ>>>>
  • <<<भिजन राष्ट्रिय साप्ताहिक पत्रिकाकाे अाधिकारिक युटुब च्यानल Mongol Vision Television (MVTV) हाे। मंगाेल नेशनल अर्गनाइजेशनकाे देशभरीका गतिबिधि हेर्न यस च्यानलमा subscribe अवस्य गर्नुहाेला।>>>

इलामको रोङ गाउँपालिकामा टोल सभा गठन

Mongol Vision News | 30 मार्च 2019

इलामको रोङ गाउँपालिकामा टोल सभा गठन

झापा / मंगोल नेशनल अर्गनाईजेशन मेचीनगर नगर सभा वडा नम्बर १ पाटापुरको अायोजनामा झापाको उत्तरी सिमाना ईलाम रोङ गाऊपालिका वडा नम्बर ६ स्थित पाटापुरमा एक दिने मंगोल अस्तित्व बिषयक प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ ।

 

स्थानिय समाजसेवी भक्त बहादुर राईको सभाध्यक्षतामा संगठनको केन्द्रीय प्रेसिडेण्ट बुद्धलाल मेचे ज्यूको प्रमुख अातिथ्यतामा प्रशिक्षण कार्यक्रमकै अवसरमा दस सदस्यीय पाटापुर टोल सभा गठन भएको छ । उक्त टोल सभाका अध्यक्ष, सचिव, कोषाध्यक्ष, सहसचिव र प्रचारप्रसार सचिवमा क्रमशः प्रेम बहादुर राई, पुर्ण बहादुर राई, संगिता राई, कुमार चाम्लिङ र धुर्व राई रहनु भएको छ भने सदस्यहरुमा चन्द्र कुमार राई, अर्जुन राई, संतोष राई, बिनिता राई, देविभक्त राई, पवित्र राई रहेका छन । त्यस्तै कार्यक्रममा संगठनका केन्द्रीय सचिव सन्तोष तामाङको विशेष अातिथ्यतामा सम्पन्न भएको कार्यक्रममा प्रमुख अतिथी मेचेले प्रशिक्षणको क्रममा अब अहिन्दू मूलबासी मंगोलहरूको अस्तित्व र मुक्तिको लागि अन्तिम विकल्प नै मंगोल नेशनल अर्गनाईजेशन भएकोले व्यक्तिगत स्वार्थ त्यागेर एकजुट हुनु पर्ने बताउनु भएको छ । अब नेपालमा मंगोलहरूको लागि तीन वटा विकल्प रहेको र त्यस मध्ये एउटालाई अात्मासाथ गर्नै पर्ने बताउनु भएको छ । जसमा एउटा कि त जनजाती नै भएर खत्तम हुनु पर्ने, अर्को कि त अादिबासी स्वीकारी कमारा बन्नु पर्ने र अर्को कि त मूलबासी भएर मालिक जस्तो बाँच्ने र बचाऊने । त्यसकारण मूलबासी मंगोल भएर बाँच्न र भावी सन्ततीलाई बचाऊनको निम्ति नै युग पुरूष डा.गोपाल गुरूङ ज्यूले सन 1989, 1 जनवरीमा काठमाडौको भद्रगोल जेलमा यस संगठन स्थापना गर्नु भएको बताउनु भएको छ । अब ढुक्क भएर अघि बढनुहोस् हाम्रो मुक्ति अवश्य हुन्छ थपमा बताउनु भएको छ। स्थानिय अहिन्दू मूलवासी मंगोलहरूको उल्लेखिय उपस्थिती रहेको कार्यक्रममा कार्यक्रमका विशेष अतिथी सन्तोष तामाङ, एक नम्बर प्रान्तीय सभाका सदस्य डि.एन. धिमालले समेत मन्तव्य राखेका थिए । मेचीनगर नगर सभा वडा नम्बर एकका अध्यक्ष मान बहादुर तामाङले स्वागत गरेको कार्यक्रमको सञ्चालन मेचीनगर नगर सभाका अध्यक्ष सागर दर्जीले गरेका थिए ।

advertisement_1548050601.gif
प्रतिक्रिया दिनुहोस्