बिहिबार 18 अप्रिल 2024

Flash News

  • <<<<मंगाेल भिजन साप्ताहिक पत्रिकाकाे इ. पत्रिका अब www.mongolvision.com मा अनलाइन पढ्न सकिनेछ>>>>
  • <<<<<समाचार एवं बिज्ञापनकाे लागी मंगाेल भिजनकाे तल दिइएकाे नम्बरमा सम्पर्क गर्नुहुन जानकारी गरिन्छ>>>>
  • <<<भिजन राष्ट्रिय साप्ताहिक पत्रिकाकाे अाधिकारिक युटुब च्यानल Mongol Vision Television (MVTV) हाे। मंगाेल नेशनल अर्गनाइजेशनकाे देशभरीका गतिबिधि हेर्न यस च्यानलमा subscribe अवस्य गर्नुहाेला।>>>

इलामको दानाबारीमा मंगोल राष्ट्रवाद सम्बन्धि एकदिने प्रशिक्षण कार्यक्रम सम्पन्न

Mongol Vision News | 8 सेप्टेम्बर 2019

इलामको दानाबारीमा मंगोल राष्ट्रवाद सम्बन्धि एकदिने प्रशिक्षण कार्यक्रम सम्पन्न

इलाम / मंगोल नेशनल अर्गनाइजेशन जिल्ला सभा इलामको सक्रियतामा माई नगर पालिका वडा नम्बर -4 दानाबारिमा मंगोल राष्ट्रबाद सम्बन्धि एकदिने प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । 7 सेप्टेम्बर 2019 का दिन एमएनओ जिल्ला सभा इलामको माई नगर 4 नम्बर वडा सभा दानाबारिमा उक्त कार्यक्रम सम्पन्न भएको हो । एमएनओ माई नगर सभाध्यक्ष चन्द्र फागोको सभाध्यक्षता र एमएनओ केन्द्रीय प्रचार सचीव मणि पापो लिम्बूको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो । कार्यक्रममा विशिष्ट अतिथिमा एमएनओ केन्द्रीय सदस्य सान बहादुर मेचे र अतिथिमा एमएनओ प्रदेश नम्बर -1 सभाका अध्यक्ष भाष्कर चाम्लिङको उपस्थिति रहेको थियो । कार्यक्रममा प्रमुख अतिथि पापोले एमएनओको मुख्य एजेण्डा र वर्तमान परिवेशको राजनिति उतारचढावको विषयमा प्रष्ट पार्नुहुँदै प्रशिक्षण प्रदान गर्नुभएको थियो । उक्त कार्यक्रम माई नगर सभा सहसचिव विजय एक्तेनले सञ्चालन गर्नुभएको थियो ।

advertisement_1548050601.gif
प्रतिक्रिया दिनुहोस्