आइतबार 19 मे 2024

Flash News

  • <<<<मंगाेल भिजन साप्ताहिक पत्रिकाकाे इ. पत्रिका अब www.mongolvision.com मा अनलाइन पढ्न सकिनेछ>>>>
  • <<<<<समाचार एवं बिज्ञापनकाे लागी मंगाेल भिजनकाे तल दिइएकाे नम्बरमा सम्पर्क गर्नुहुन जानकारी गरिन्छ>>>>
  • <<<भिजन राष्ट्रिय साप्ताहिक पत्रिकाकाे अाधिकारिक युटुब च्यानल Mongol Vision Television (MVTV) हाे। मंगाेल नेशनल अर्गनाइजेशनकाे देशभरीका गतिबिधि हेर्न यस च्यानलमा subscribe अवस्य गर्नुहाेला।>>>

इलामको देउमाइ र फाक्फोकथुममा एम एनओको विभिन्न कार्यक्रम

mongolvision | 5 अक्टोबर 2021

इलामको देउमाइ र फाक्फोकथुममा  एम एनओको विभिन्न कार्यक्रम


इलाम/ मंगोल नेशनल अर्गनाइजेशन देउमाइ नगर सभा र फाक्फोथुम गाउँ  सभाले त्यहाको विभिन्न स्थानहरुमा विभिन्न कार्यक्रमहरु सम्पन्न गरेको छ ।
नगर सभाको आयोजनामा असोज १६ गते देउमाइ नगर पालिका  वाड न ५ को वाड कार्यलयको उदघाटन कार्यक्रम सम्पन्न भएको छ । संगठनका केन्द्रीय प्रचार प्रसार सचिब मणि पापो लिम्बुले वाड सभा कार्यलयको उदघाटन गर्नु भएको थियो । कार्यक्रममा संगठनका केन्द्रीय सदस्यहरु सान बहादुर मेचे ,देब माकेहाङ , प्रेम जिम्बा , राजन चाम्लिङ लगायत जिल्ला सभा सदस्य , नगर गाउँ सभाका नेता कार्यकर्ताहरुको उल्लेखनीय सहभागी रहेको थियो । वाड सभा अध्यक्ष यम लिम्बुको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो ।
त्यस्तै फाक्पोकथुम गाउँ सभाको  आयोजनामा वाड न ७ मा एक दिने मंगोल वाद सम्बन्धी प्रशिक्षण कार्यक्रम  सम्पन्न भएको छ । किरातेस्वर प्राथमिक बिधालयको सभाहलमा गाउँ सभाका अध्यक्ष टंक लावतिको अध्यक्षता एबम केन्द्रीय प्रचार प्रसार सचिव मणि पापो लिम्बुको प्रमुख आतिथ्यतामा सम्पन्न भएको प्रशिक्षण कार्यक्रम लाई केन्द्रीय सदस्य सान बहादुर मेचेले प्रशिक्षण प्रदान गर्नु भएको थियो । सो क्रममा उहाले मंगोलवाद के हो , एम एनओ किन र के का लागी जस्ता बिषयमा सहभागीहरु लाई प्रष्ट पार्नु भएको थियो । कार्यक्रममा प्रमुख अतिथी पापोले अबको चुनाबमा एम एनओका उमेदवारहरु लाई चुनाब चिन्ह कुखुराको भालेमा आफ्नो अमुल्य मत दिई बिजय गराउन सबै लाई अनुरोध गर्नु भयो । प्रशिक्षण कार्यक्रममा केन्द्रीय सदस्यहरु देब माकेहाङ ,गलिन्द्र योङ्हाङ , बैकल्पिक केन्द्रिय सदस्य भुवन सिह लिम्बू लगायतले पनि आ आफ्नो मन्तव्य राख्नु भएको थियो । कार्यक्रममा स्थानीय लोकसमुदायहरुको उल्लेखनीय उपस्थिति रहेको थियो । प्रशिक्षण कार्यक्रम लाई केदार योङ्हाङले संचालन गरेका थिए ।
      मंगोल नेशनल अर्गनाइजेशन फक्फोकथुम गाउँ सभाकै आयोजनामा असोज १८ गते वाड न ७ को इमाटारमा कार्यकर्ता भेटघाट कार्यक्रम सम्पन्न भएको छ । इमाटारका नेता कार्यकर्ताहरु लाई एम एनओको आगमी दिनमा कसरी जाने बिषयमा संगठनका केन्द्रीय प्रचार सचिब मणि पापो र केन्द्रीय सदस्य सान बहादुर मेचेले अवगत गराउनु भएको थियो ।सो कार्यक्रममा केन्द्रीय सदस्य गलिन्द्र योङ्हाङ , बैकल्पिक केन्द्रीय सदस्य भुवनसिह लिम्बू , केन्द्रीय सल्लाहकार गौरिमान योङ्हाङ लगायत त्यस छेत्रका नेता कार्यकर्ताहरुको उपस्थिति रहेको थियो ।गाउँ सभा अध्यक्ष टंक लावतीको अध्यक्षतामा भएको कार्यक्रम केदार योङ्हाङले संचालन गरेका थिए ।

इलामको देउमाइ र फाक्फोकथुममा  एम एनओको विभिन्न कार्यक्रम

advertisement_1548050601.gif
प्रतिक्रिया दिनुहोस्