शुक्रबार 17 मे 2024

Flash News

  • <<<<मंगाेल भिजन साप्ताहिक पत्रिकाकाे इ. पत्रिका अब www.mongolvision.com मा अनलाइन पढ्न सकिनेछ>>>>
  • <<<<<समाचार एवं बिज्ञापनकाे लागी मंगाेल भिजनकाे तल दिइएकाे नम्बरमा सम्पर्क गर्नुहुन जानकारी गरिन्छ>>>>
  • <<<भिजन राष्ट्रिय साप्ताहिक पत्रिकाकाे अाधिकारिक युटुब च्यानल Mongol Vision Television (MVTV) हाे। मंगाेल नेशनल अर्गनाइजेशनकाे देशभरीका गतिबिधि हेर्न यस च्यानलमा subscribe अवस्य गर्नुहाेला।>>>

इलामको देउमाई नगरमा एमएनओ नवमि जितपुर वडा सभा गठन

Mongol Vision News | 17 जून 2019

इलामको देउमाई नगरमा एमएनओ नवमि जितपुर वडा सभा गठन

इलाम/ मंगोल नेशल अर्गनाइजेशनको इतिहासमा झापा पछि अर्को ऐतिहासिक जिल्लाको रुपमा इलाम जिल्लालाई चिनिन्छ ।

संगठनका संस्थापक प्रेसिडेण्ट युग पुरुष अमर डा.गोपाल गुरुङ ज्युले बाहुन क्षेत्रीको वर्णभेदी नितिको विरुद्ध चुनाव लड्नु भएको ऐतिहासिक जिल्ला पनि इलाम जिल्ला हो । इलामको विभिन्न भेगहरु धेरै पहिलेनै मंगोलमय बनिसकेको छ । त्यसलाई अझ मजबुत रुपमा मंगोलमय बनाउन यतिबेला जिल्ला सभा इलाम घरदैलो अभियान संगै संगठन बिस्तार कार्यमा कार्यरत छन् ।

 

            यसैक्रममा इलाम जिल्ला सभाले संगठन बिस्तारलाई प्राथमिकतामा राख्दै देउमाई नगरपालिका वडा नम्बर नौं नवमी जितपुर वडा सभा गठन गरेको छ । इलाम जिल्ला सभाको सक्रीयतामा आज देउमाई नगर वडा नम्बर नौं स्थित मंगोल राष्ट्रवाद सम्बन्धी एकदिने खुल्ला प्रशिक्षण कार्यक्रमको बीच उक्त वडा सभा गठन भएको छ । जसको अध्यक्ष, सचिव, कोषाध्यक्ष र सहसचिवमा क्रमशः लिला सुब्बा, जनक लिम्बू, कर्ण लिङदेन र रस्मिता आङ्देम्बे रहेका छन् । त्यसैगरी अन्य सदस्यहरुमा खोम प्रसाद जबेगु, देशराज माबो, सुखमाया लिम्बू, टेक बहादुर खजुम, कमल बहादुर खजुम, रण बहादुर लिङ्देन, असार सिंह खजुम, अबिर बहादुर खजुम, पुर्णमाया खजुम र कल्पना खजुम रहेका छन । लिला सुब्बाको सभाध्यक्षतामा सम्पन्न भएको उक्त कार्यक्रममा संगठनका केन्द्रीय सदस्य प्रेम जिम्बा तामाङ प्रमुख अतिथिको रुपमा रहनु भएको थियो भने विशिष्ट अतिथिमा संगठनका केन्द्रीय सदस्य राजन चाम्लिङ र केन्द्रीय सदस्य धनराज तामाङ रहनु भएको थियो । त्यसैगरी जिल्ला सभा इलामका अध्यक्ष प्रेम बम्जन अतिथिका रूपमा रहनु भएको थियो । कार्यक्रममा अतिथिगणहरुले उपस्तिथित मंगोलप्रेमि लोकहरुलाई संयुक्त रुपमा प्रशिक्षण प्रदान गर्नु भयो भने प्रमुख अतिथी जिम्बा ज्युले नवगठित पदाधिकारीहरुलाई सांगठनिक पद तथा गोपनियताको सपथ ग्रहण गराउनु भयो । कार्यक्रममा इलाम जिल्ला सभाका सदस्यहरु फोदारुप फत्र, शेष बहादुर तामाङ लगायत मुस्कान कर्ण राईको पनि उपस्थिति रहेको थियो । कार्यक्रमलाई जनक लिम्बूले सन्चालन गरेका थिए ।

 

 

 

advertisement_1548050601.gif
प्रतिक्रिया दिनुहोस्