शुक्रबार 26 अप्रिल 2024

Flash News

  • <<<<मंगाेल भिजन साप्ताहिक पत्रिकाकाे इ. पत्रिका अब www.mongolvision.com मा अनलाइन पढ्न सकिनेछ>>>>
  • <<<<<समाचार एवं बिज्ञापनकाे लागी मंगाेल भिजनकाे तल दिइएकाे नम्बरमा सम्पर्क गर्नुहुन जानकारी गरिन्छ>>>>
  • <<<भिजन राष्ट्रिय साप्ताहिक पत्रिकाकाे अाधिकारिक युटुब च्यानल Mongol Vision Television (MVTV) हाे। मंगाेल नेशनल अर्गनाइजेशनकाे देशभरीका गतिबिधि हेर्न यस च्यानलमा subscribe अवस्य गर्नुहाेला।>>>

इलामको विभिन्न स्थानमा मंगोलवाद सम्बन्धि प्रशिक्षण कार्यक्रम सम्पन्न

Mongol Vision | 19 नोभेम्बर 2020

इलामको विभिन्न स्थानमा मंगोलवाद सम्बन्धि प्रशिक्षण कार्यक्रम सम्पन्न

इलाम/ मंगोल नेशनल अर्गनाइजेशन इलाम जिल्ला सभा अन्तरगत फाकफोकथुम गाउँपालिकाको विभिन्न स्थानमा प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । 13 नोभेम्बर 2020 का दिन फाकफोकथुम-6, मालिङ्गे टोलमा एम.एन.ओ फाकफोकथुम गाउँपालिका सभाका अध्यक्ष टंक लावती सभाध्यक्षता तथा संगठनका केन्द्रिय प्रचार प्रसार सचिव मणि पापो लिम्बुको प्रमुख आतित्यथामा प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रमको बिशेष अतिथी संगठनका केन्द्रीय सर्वोच्च सभाका सदस्य तथा आर्थिक सभाका सदस्य सान बहादुर मेचेले उपस्थित स्थानियबासी लाई प्रशिक्षण प्रदान गर्नु भएको थियो । कार्यक्रमकै अवसरमा लोकेश लिम्बुको अध्यक्षतामा 11 सदस्यीय एम.एन.ओ मालिङ्गे टोल सभा गठन भएको छ । 14 नोभेम्बर 2020 का दिन एम.एन.ओ फाकफोकथुम गाउँपालिका सभाका सचिव भिम योङहाङको सभाध्यक्षता तथा संगठनका केन्द्रीय प्रचार प्रसार सचिव मणि पापो लिम्बुको प्रमुख आतित्यथामा फाकफोकथुम-6, इमाटारमा एकदिने प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रमका बिशेष अतिथी समेत रहनु भएका संगठनका केन्द्रीय सर्वोच्च सभाका सदस्य तथा आर्थिक सभाका सदस्य सान बहादुर मेचेले मुलबासी मंगोल सम्बन्धि प्रशिक्षण प्रदान गर्नु भएको थियो स्थानीयबासिको उल्लेख्य उपस्थितिमा सम्पन्न कार्यक्रमकै अवसरमा रायन योङहाङको अध्यक्षतामा 11 सदस्यीय इमाटार टोल सभा गठन भएको छ । 

इलामको विभिन्न स्थानमा मंगोलवाद सम्बन्धि प्रशिक्षण कार्यक्रम सम्पन्न

यसै गरि 15 नोभेम्बर 2020 का दिन फाकफोकथुम गाउँपालिका अन्तर्गत साविक एकतप्पा -8, सिम्लागुमा नर वीर आङ्बोको सभाध्यक्षता तथा संगठनका केन्द्रीय प्रचार प्रसार सचिव मणि पापो लिम्बुको प्रमुख आतिथ्यथामा नर वीर आङ्बोको अध्यक्षतामा टोल सभा गठन भएको छ । कार्यक्रमको बिशेष अतिथी केन्द्रिय सर्वोच्च सभाका सदस्य तथा आर्थिक सभाका सदस्य सान बहादुर मेचे, अतिथी केन्द्रीय सर्वोच्च सभाका सदस्य गलिन्द्र योङहाङ, बैकल्पिक केन्द्रीय सदस्य भुवन सिंह योङहाङ,केन्द्रीय सल्लाहकार गौरिमान योङहाङ लगायतको उपस्थिति रहेको थियो ।

advertisement_1548050601.gif
प्रतिक्रिया दिनुहोस्