शुक्रबार 17 मे 2024

Flash News

  • <<<<मंगाेल भिजन साप्ताहिक पत्रिकाकाे इ. पत्रिका अब www.mongolvision.com मा अनलाइन पढ्न सकिनेछ>>>>
  • <<<<<समाचार एवं बिज्ञापनकाे लागी मंगाेल भिजनकाे तल दिइएकाे नम्बरमा सम्पर्क गर्नुहुन जानकारी गरिन्छ>>>>
  • <<<भिजन राष्ट्रिय साप्ताहिक पत्रिकाकाे अाधिकारिक युटुब च्यानल Mongol Vision Television (MVTV) हाे। मंगाेल नेशनल अर्गनाइजेशनकाे देशभरीका गतिबिधि हेर्न यस च्यानलमा subscribe अवस्य गर्नुहाेला।>>>

इलाममा एम एनओ पत्रकार सम्मेलन

mongolvision | 26 डिसेम्बर 2021

इलाममा एम एनओ पत्रकार सम्मेलन


इलाम / मंगोल नेशनल अर्गनाइजेसन जिल्ला सभा इलामले जिल्लाको ऐतिहासिक १४औं जिल्ला अधिवेशन तथा संगठनको ३३ औं स्थापना दिवस कार्यक्रम मनाउने बारेमा पत्रकार सम्मेलन गरेको छ ।
सुर्योदयनगरपालिका- १० फिक्कल स्थित रातो भाले होटेलको सभा हलमा सम्पन्न उक्त पत्रकार सम्मेलनमा कार्यक्रमको बारेमा १४औं जिल्ला अधिवेशन मुल आयोजक सभा तथा ३३ औं स्थापना दिवस कार्यक्रमका संयोजक प्रेम कुमार बम्जन तामाङले कार्यक्रमको बारेमा  जानकारी गराउनु भएको थियो ।
संयोजकको अनुसार पुस १६ गते इलामको जिल्ला समन्वय हलमा  उद्घाटन तथा बन्द सत्र सम्पन्न हुनेछ , पुस १७ गते( 1st January) हजारौं लोकहरुको उपस्तिथिमा विशाल र्याली सहित इलाम बजार परिक्रमा गरेर  लाकुरी भञ्ज्याङ्को खुल्ला प्राङ्गणमा खुल्ला घोषणा सभा हुनेछ ।
कार्यक्रममा प्रमुख अतिथि संगठनका वर्तमान प्रेसिडेन्ट तथा अन्य केन्द्रिय सदस्य , प्रदेश प्रतिनिधिहरु उपस्तिथि हुने कुरा जानकारी गराउनु भएको छ ।
पुस ११ गते ( 26 December)  सम्पन्न भएको उक्त पत्रकार सम्मेलनमा   बिराज तामाङले स्वागत मन्त्यव्य राख्नु भएको थियो भने ललित तामाङ ले कार्यक्रम  संचालन गर्नुभएको थियो ।

advertisement_1548050601.gif
प्रतिक्रिया दिनुहोस्