शुक्रबार 29 मार्च 2024

Flash News

  • <<<<मंगाेल भिजन साप्ताहिक पत्रिकाकाे इ. पत्रिका अब www.mongolvision.com मा अनलाइन पढ्न सकिनेछ>>>>
  • <<<<<समाचार एवं बिज्ञापनकाे लागी मंगाेल भिजनकाे तल दिइएकाे नम्बरमा सम्पर्क गर्नुहुन जानकारी गरिन्छ>>>>
  • <<<भिजन राष्ट्रिय साप्ताहिक पत्रिकाकाे अाधिकारिक युटुब च्यानल Mongol Vision Television (MVTV) हाे। मंगाेल नेशनल अर्गनाइजेशनकाे देशभरीका गतिबिधि हेर्न यस च्यानलमा subscribe अवस्य गर्नुहाेला।>>>

इलाममा विश्व मूलवासी दिवस

mongolvision | 10 अगस्ट 2022

इलाममा विश्व मूलवासी दिवस


इलाम/ मंगोल नेशनल अर्गनाइजेशन जिल्ला सभा इलामको आयोजनामा देउमाइ नगरपालिका -४ स्थित मंगलबारेमा २८ औँ विश्व मूलबासी दिवस कार्यक्रम सम्पन्न भएको छ । उक्त कार्यक्रम एम.एन.ओ. इलाम जिल्ला अध्यक्ष गंगा तामाङको सभाध्यक्षतामा एवं संगठनका वरिष्ठ केन्द्रिय सदस्य दिलिप याङमाको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो । कार्यक्रममा अतिथिहरु केन्द्रिय सदस्यहरु बगलमान राई, प्रेम जिम्बा, राजन चाम्लिङ, १ नं. प्रान्तीय सभाका सदस्य प्रेम बम्जन रहनुभएको थियो । 
कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथी याङमाले  नेपालका मूलबासी मंगोलहरुलाई संविधानले नै आदिवासी,जनजाती र दलित भनेर संवैधानिक रुपमा नै विभेद गरेको कुरा जगजाहेर गर्दै अबको समय सम्पूर्ण मूलबासी मंगोलहरु मंगोल नेशनल अर्गनाइजेशनमा आवद्ध हुनुपर्ने कुरामा जोड दिनुभयो ।

advertisement_1548050601.gif
प्रतिक्रिया दिनुहोस्