शनिबार 27 अप्रिल 2024

Flash News

  • <<<<मंगाेल भिजन साप्ताहिक पत्रिकाकाे इ. पत्रिका अब www.mongolvision.com मा अनलाइन पढ्न सकिनेछ>>>>
  • <<<<<समाचार एवं बिज्ञापनकाे लागी मंगाेल भिजनकाे तल दिइएकाे नम्बरमा सम्पर्क गर्नुहुन जानकारी गरिन्छ>>>>
  • <<<भिजन राष्ट्रिय साप्ताहिक पत्रिकाकाे अाधिकारिक युटुब च्यानल Mongol Vision Television (MVTV) हाे। मंगाेल नेशनल अर्गनाइजेशनकाे देशभरीका गतिबिधि हेर्न यस च्यानलमा subscribe अवस्य गर्नुहाेला।>>>

इतिहासको पानामा डक्टर गोपाल गुरुङ्गको ८५ औं जन्मोत्सव

राजेन्द्र तामाङ | 27 जूलाई 2020

इतिहासको पानामा डक्टर गोपाल गुरुङ्गको ८५ औं जन्मोत्सव

काठमाण्डु/ २७ जुलाई २०२० का दिन मंगोल नेशनल अर्गनाइजेसन केन्द्रिय सभाको आयोजनामा संगठनका फ़ाउण्डर प्रेसिडेन्ट डाक्टर गोपाल गुरुङ्गको ८५ औं जन्म दिवश भब्य रुपमा सम्पन्न भएको छ।कार्यक्रममा मंगोल नेशनल अर्गनाइजेसनका केन्द्रिय सभा सदस्य रुबेन श्रेष्ठको सभाध्यक्षता तथा संगठनका केन्द्रिय सभाका कोषाध्यक्ष आंगदावा शेर्पाको प्रमुख आतिथ्यता रहेको थियो। यसैगरी अतिथिहरुमा संगठनका केन्द्रिय सर्वोच्च सभा सदस्य एवम केन्द्रिय कार्यालय सचिब रिन्चेन दोर्जे तामाङ्ग,केन्द्रिय सदस्यहरु :सोमबहादुर गुरुङ्ग ,मोहन मगर ,धनमाया तामाङ्ग ,सोभा राना मगर ,राजन चाम्लिङ्ग ,अरुणा थामी ,बागमती प्रदेश सभाका प्रचार प्रसार सचिब सालिक थापा मगर ,सुदुर पश्चिम प्रदेश सभाका प्रचार प्रसार सचिब कमल घर्ति मगर ,बागमती प्रदेश सभाका सदस्य कविन राना मगर ,एक नम्बर प्रदेश सभाका सदस्य धिरज राई,उदयपुर अध्यक्ष जंग राना मगर ,लम्जुङ्ग अध्यक्ष विकाश गुरुङ्ग ,धादिंग अध्यक्ष धर्मराज तामाङ्ग ,दोलखा अध्यक्ष निमा तामाङ्ग ,काठमाडौँ सचिब सुरेश तामाङ्ग लगायतका अतिथिहरुको उपस्थिति रहेको थियो।

इतिहासको पानामा डक्टर गोपाल गुरुङ्गको ८५ औं जन्मोत्सव

कार्यक्रमलाई सम्बोधन गर्नुहुदै प्रमुख अतिथि सेर्पाले मंगोलहरु चेतनशिल भएर मंगोल मुक्तिको लागि निरन्तर यात्रारत रहेकोले गोपाल गुरुङ्गले देख्नु भएको सपना साकार हुने समय नजिक आइसकेकोले धैर्य पुर्वक अघि बढ्नु पर्नेमा जोड दिनुभयो। मन्तब्यकै क्रममा कार्यक्रमका अतिथि रिन्चेन दोर्जे तामाङ्गले विश्वको राजनीति महामानव सिदाहा बुद्ध र युग पुरुष डाक्टर गोपाल गुरुङ्गको दर्शनले मार्ग निर्देश गरेको बाटोमा लम्किएकोले मंगोलहरुको भूमिका अझ महत्वपुर्ण हुनुपर्ने बताउनु भयो। कार्यक्रममका अन्य अतिथिहरुले डाक्टर गोपाल गुरुङ्गको ८५ औं जन्म दिवसको अवशरमा शुभकामना मन्तब्य राख्नु भएको थियो। मंगोल नेसनल अर्गनाइजेसन केन्द्रिय सदस्य तथा मंगोल गायिका अरुणा थामीले स्वागत मन्तब्य राख्नु भएको थियो भने कार्यक्रम संचालन बागमती प्रदेश सभा सचिब राजेन्द्र तामाङ्ग द्वारा भएको थियो। ऐतिहासिक कार्यक्रममा मंगोल नेता ,कार्यकर्ता तथा सुभेच्छुकहरुको उल्लासमय उपस्थिति रहेको थियो।

advertisement_1548050601.gif
प्रतिक्रिया दिनुहोस्