बुधबार 22 अप्रिल 2026

Flash News

  • <<<<मंगाेल भिजन साप्ताहिक पत्रिकाकाे इ. पत्रिका अब www.mongolvision.com मा अनलाइन पढ्न सकिनेछ>>>>
  • <<<<<समाचार एवं बिज्ञापनकाे लागी मंगाेल भिजनकाे तल दिइएकाे नम्बरमा सम्पर्क गर्नुहुन जानकारी गरिन्छ>>>>
  • <<<भिजन राष्ट्रिय साप्ताहिक पत्रिकाकाे अाधिकारिक युटुब च्यानल Mongol Vision Television (MVTV) हाे। मंगाेल नेशनल अर्गनाइजेशनकाे देशभरीका गतिबिधि हेर्न यस च्यानलमा subscribe अवस्य गर्नुहाेला।>>>

इटहरीमा एम एनओको प्रशिक्षण

Mongol Vision News | 24 अप्रिल 2019

इटहरीमा एम एनओको प्रशिक्षण

सुनसरी / सुनसरीको इटहरी उपमहानगर पालिकामा मंगोल नेसनल अर्गनाइजेसनले एक दिने भेटघाट एबम मंगोलवाद बिषयक प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । मंगोल नेसनल अर्गनाइजेसन मोरङ जिल्ला सभाको आयोजना र प्रबास सभा भारत मेघालयको सक्रियतामा मंगलबार बैशाख १० गते कार्यक्रम सम्पन्न भएको हो । स्थानीय दिपेन्द्र बान्तावाको अध्यक्षता र संगठनका केन्द्रीय सदस्य सुरज फाेम्बो लिम्बुको प्रमुख आतिथ्यता मा सम्पन्न भएको प्रशिक्षण कार्यक्रम लाई प्रमुख अतिथी फम्बोले सहभागीहरु लाई प्रशिक्षण प्रदान गर्दै मंगोलवाद बिषयमा प्रस्टाउनु भएको थियो । त्यस क्रममा उहाले मंगोलवाद के हो र एम एनओ ले उटाउदै आइरहेको माग मुद्धा के हुन भन्ने बारेमा बताउनु भयो । त्यस्तै गरि आदिवासी , जनजाति र मुलबासी शब्दको अर्थ र यसको असरको सम्बन्धमा पनि प्रस्टाउनु भयो । इटहरी छेत्रका मुलबासी समुदायहरुको उल्लेखिय सहभागी रहेको प्रशिक्षण कार्यक्रममा मोरङ जिल्ला सभका कोषाध्यक्ष बल बहादुर राई , सदस्य लाल कुमारी राई , प्रबास सभा भारत मेघालयका कोषाध्यक्ष दीपेन्द्र राई लगायतको पनि उपस्थिति रहेको थियो । प्रबास सभा भारत मेघालयका अध्यक्ष बिक्रम याम्फु राइले स्वागत मन्तव्य राख्नु भएको कार्यक्रम दिल कुमार लिम्बुले संचालन गर्नु भएको थियो ।

advertisement_1548050601.gif
प्रतिक्रिया दिनुहोस्