शुक्रबार 26 अप्रिल 2024

Flash News

  • <<<<मंगाेल भिजन साप्ताहिक पत्रिकाकाे इ. पत्रिका अब www.mongolvision.com मा अनलाइन पढ्न सकिनेछ>>>>
  • <<<<<समाचार एवं बिज्ञापनकाे लागी मंगाेल भिजनकाे तल दिइएकाे नम्बरमा सम्पर्क गर्नुहुन जानकारी गरिन्छ>>>>
  • <<<भिजन राष्ट्रिय साप्ताहिक पत्रिकाकाे अाधिकारिक युटुब च्यानल Mongol Vision Television (MVTV) हाे। मंगाेल नेशनल अर्गनाइजेशनकाे देशभरीका गतिबिधि हेर्न यस च्यानलमा subscribe अवस्य गर्नुहाेला।>>>

जुगलमा वाड सभा गठन

Pradeeksha Tamang | 3 अप्रिल 2021

जुगलमा वाड सभा गठन

सिन्धुपाल्चोक/ मंगोल नेशनल अर्गनाइजेशन जुगल गाउँपालिका सभाको आयोजनामा मंगोल राष्ट्रबाद सम्बन्धी प्रशिक्षण साथै वाड सभा गठन भएको छ ।

2 अप्रिल 2021 मा जुगल गाउँपालिकाको अध्यक्ष जारीलाल तामाङको सभाध्यक्षता र केन्द्रिय सर्वोच्च सभाको सदस्य रिन्छेन तामाङको प्रमुख आतिथ्यता एक दिने मूलबासी मंगोल विषयक प्रशिक्षण साथै शिशिर तामाङको अध्यक्षतामा 20 सदस्यीय जुगल गाउँ पालिका 7 नम्बर वडा सभा गठन भएको हो । उक्त कार्यक्रम सिन्धुपाल्चोकको जुगल 7 स्थित याङ्लाकोटमा सम्पन्न भएको हो । कार्यक्रममा सम्बोधन गर्दै प्रमुख अतिथी तामाङले नेपाललाइ लागेको हिन्दुवाद बाहुनवाद रोगलाई चिर्नको लागि मंगोल नेशनल अर्गनाइजेशनको आवश्यकता रहेको बताउँदै मनाव उत्पत्ति सम्बन्धि लिखित रुपमै प्रशिक्षण प्रदान गर्नुभयो ।

जुगलमा वाड सभा गठन

कार्यक्रमको विशेष अतिथि केन्द्रिय सभाको सदस्य जोनि विश्वकर्माले मूलबासी मंगोलहरु अब राजनीतिक रुपमा चेतनशील र संगठित हुनपर्ने अभिव्यक्ति राख्नुभयो भने कार्यक्रमको अर्को अतिथी केन्द्रिय सभाको सदस्य धनमाया तामाङले अब नेपालको 80 प्रतिशत अहिन्दु मूलबासी मंगोलहरुको साझा घर एन एनओ रहेको बताउँदै अब 20 प्रतिशत अल्पसंख्यक हिन्दुवादी बाहुन क्षेत्रीको षड्यन्त्रमा परि दाजुभाइहरु नफुट्न आह्वान गर्नुभयो । त्यस्तै अर्का अतिथि बागमती प्रदेश सभाको सदस्य सालिक मगरले पनि नेपालको मुलबासी मंगोलहरु एकजुट हुँदै गर्नुमा खुशी व्यक्त गर्दै अझै मंगोलहरु जातीय, धार्मिक र संस्कारगत सोचाइबाट माथी उठेर राजनीति गर्न जोड दिनुभयो । अतिथिहरु जिल्ला सभाको अध्यक्ष प्रदीक्षा तामाङ र सिन्धुपाल्चोक जिल्ला सभाको सचिब दावा लामाले पनि अब जहाँ बाट जसरी हुन्छ एम एनओलाई साथ र समर्थन दिएर उठ्न जुठ्न अनुरोध गर्नुभयो । त्यसैगरी कार्यक्रममा जिल्ला सभा सिन्धुपाल्चोकको र विभिन्न स्थानीय सभाहरुको उल्लेख्य उपस्थिति रहेको थियो भने गठित सम्पुर्ण पदाधिकारीहरुलाई प्रमुख अतिथी तामाङले सपथ ग्रहण गराएर कार्यक्रम समापन भएको हो । कार्यक्रम जुगल गाउपालिका सभाका सचिवले सञ्चालन गरेका थिए ।

advertisement_1548050601.gif
प्रतिक्रिया दिनुहोस्