बिहिबार 25 अप्रिल 2024

Flash News

  • <<<<मंगाेल भिजन साप्ताहिक पत्रिकाकाे इ. पत्रिका अब www.mongolvision.com मा अनलाइन पढ्न सकिनेछ>>>>
  • <<<<<समाचार एवं बिज्ञापनकाे लागी मंगाेल भिजनकाे तल दिइएकाे नम्बरमा सम्पर्क गर्नुहुन जानकारी गरिन्छ>>>>
  • <<<भिजन राष्ट्रिय साप्ताहिक पत्रिकाकाे अाधिकारिक युटुब च्यानल Mongol Vision Television (MVTV) हाे। मंगाेल नेशनल अर्गनाइजेशनकाे देशभरीका गतिबिधि हेर्न यस च्यानलमा subscribe अवस्य गर्नुहाेला।>>>

जिल्ला सभा गोर्खाको नियमीत बैठक सम्पन्न

Anita Thapa magar | 8 सेप्टेम्बर 2019

जिल्ला सभा गोर्खाको नियमीत बैठक सम्पन्न


मिति 7,September,2019 को दिनमा मंगोल नेशनल अर्गनाइजेसन जिल्ला सभा गोरखाका अध्यक्ष गङ्गा राना मगरको सभाधक्ष्यतामा र केन्द्रिय सदस्य तथा आर्थिक विभागका सदस्य सोम गुरुङको प्रमुख आतिथ्यतामा मंगोल नेशनल अर्गनाइजेसन जिल्ला सभा गोरखाको  कार्यालय गोरखामा सम्पन्न भएको हो ।बैठकमा अतिथिका रुपमा MNO, गण्डकी प्रदेश सभाका पुर्व सचीव देव थापा मगर र अतिथिका रुपमा पुर्व सदस्य मंगल सिंह गुरुङ रहनुभएकाे थियाे ।बैठकमा विभिन्न प्रस्तावहरु साथै ती प्रस्तावहरु माथि छलफल गरि महत्त्वपूर्ण प्रस्तावहरुको निर्णय गरिएको थियो। बैठक संचालन जिल्ला सचिव कृष्ण कुमारी घले श्रेष्ठले गर्नु भएको थियो।

जिल्ला सभा गोर्खाको नियमीत बैठक सम्पन्न


बैठककै क्रममा जिल्ला सचीवकृष्ण कृष्ण कुमारी घले श्रेष्ठज्युले झापामा बन्दै गरेको मंगोल रिसर्च सेन्टरको लागि प्रतिबद्धता गर्नु भएको रकम रु 50,000/- प्रमुख अतिथिलाइ हस्तान्तरण गर्नुभएको भएको थियो। प्रमुख अतिथिले वर्तमान समयमा मंगोल रिसर्च निर्माण गर्नु नै MNO को सवैभन्दा महत्वपुर्ण कार्य रहेकोे र सम्पुर्णले सकेसम्म छिटो प्रतिबद्धता गरेको रकम बुझाउनर सक्दो धेरैले मंगोल रिसर्च सेन्टेरलाइ तन, मन र धनले क्षमता अनुसार सहयोगगर्न अनुरोध गर्नु भएको थियो। यो एतिहासिक कार्यमा कसैलाइ नछुट्न पनि सुझाव दिनु भएको थियो ।यसरी नै स्वागत मन्तब्य जिल्ला सदस्य तेम्बा घ्याल्चेनले दिनु भएको थियो।

advertisement_1548050601.gif
प्रतिक्रिया दिनुहोस्