MNO Jhapa | 11 फेब्रुअरी 2019
आदरणीय मंगोल प्रेमी दाजु-भाई एवम् दिदि-बहिनीहरु,
नेपाल लोकतन्त्र-धर्मनिरपेक्षता-प्रान्तिय सरकारको मुलुक हुनुपर्छ भन्ने विषयमा मंगोल नेशनल अर्गनाइजेशनका जन्मदाता डा. गोपाल गुरुङ ज्युले लडाईं शुरु गर्नु भएको सन् 1972 (47बर्ष) अघिदेखि हो। जसकाे निम्ति उहाँले दुइवटा राजद्रोही मुद्दामा (राजगद्दी ताक्यो र साम्प्रदायिकता फैलायो भनेर) तीन बर्ष जेल जानु पर्यो। पाँच वर्ष भुमिगत भई बिदेशिनु पर्यो। यस मुलुकमा हामी मालिक थियौं। हिन्दु-आर्य बाहुनक्षेत्रीहरु शरणार्थीको रुपमा यस मुलुकमा भित्रिएको 5 सय 24 बर्ष (सन्1495 देखि )भयो। आज यस मुलुकका अहिन्दु मूलवासी मंगोल समुदायहरु तामाङ, गुरुङ, मगर, थारू, राई, लिम्बु, शेर्पा, कामी, दमाई, सार्की, नेवार, मेचे, कोचे, धिमाल, राजबंशी, थामी, सुनुवार, दनुवार, जिरेल, सुरेल, पहरी, याेल्मो, लेप्चा, हायु, चेपाङ आदिलाई सर्बभराबाट सर्बहारा, हुकुमवासीबाट सुकुमबासी बनाइएको छ। र त्यतिले पनि नपुगेर बाहिरबाट भित्रिइएको आदिवासी र देशै नहुने जनजाति हिन्दु समाजको बाहुनको पैताला अछूत बनाउने, भनाउने दुष्टता पुर्ण काम नेपालको संविधान 2072 मा आदिवासी-जनजाति लेखेर षड्यन्त्र गरिएको छ। अहिन्दु मुलवासी मंगोलहरुलाई संविधानमा मूलवासी भन्न दिएको छैन्। धर्मनिरपेक्ष मुलुक भनेर कायम भइसक्दा पनि मूलवासी मंगोलहरुले अझै सम्म धर्मनिरपेक्षको आभास गर्न पाएका छैनन्। गाईलाई राष्ट्रिय जनवार राखेर धर्मनिरपेक्षतालाई हात्तीको दारा जस्तो मात्र बनाइको छ। मंगोलहरुको धर्म नै गाई, गोरुको मासु खाने धर्म भएकोले बिना रोकटोक खानु पाउनु पर्नेमा गाई मारेको अभियोगमा कैयौं मूलवासी मंगोलहरु जेल सजाय भोग्न बाध्य छन्। बाहुनले लुटेमा लुटेको ठहरिदैन यहाँ। खबरदार! पद र पैसाको आडमा अहिन्दु मूलवासी मंगोल समुदायहरुलाई हिन्दु समाज भित्रको अतिशुद्र जाति बाहुनको पैताला र देश नै नहुने जनजाती बनाउन, भनाउन पाइन्न। भोलि यसको हिसाब चुकाउनु पर्नेछ मूलवासी मंगोललाई। जनजाति जमात आदिवासी पनि होइन्। आदिवासी त हिजो यस मुलुकमा भगौडा शरणार्थी भएर भित्रिइएका बाहुनक्षेत्री हुन्। आदिवासीको सही अर्थ कतै बाट आई कुनै इलाकामा जंगल फाँडी बसोवास गरेको जमात हो भने मूलवासी भनेको यसै भुमिका सोकपा देखि मान्छे भएकाहरुको जमात हो। जसको पुर्खाको ढुङ्गे हातहतियार देखि लाखौं बर्ष पुरानो हतियार ठाउँ-ठाउँमा फेला परेको छ र हाम्रो मंगोल पुर्खाको दाँत पाल्पाको दोभानमा करोडौं बर्ष पुरानो पनि फेला परेको छ ।अहिन्दु मुलवासी मंगोलहरु हो, होशियार! यदि तपाईंहरुलाई आफनो भाविपिंडीको माया छ र आदर्श आमा-बुबा बन्न चाहानु हुन्छ भने मूलवासी मंगोललाई आदिवासी-जनजाति बनाएर बाहुनछेत्री मूलवासी बन्ने, बनाउने, भनाउने र बाहुनछेत्री भनेको नेपाल र नेपाल भनेको बाहुनछेत्री बनाउने दिर्घकालिन योजनामा नफस्नोस्, नफसाउनोस्। सानो पद अलिकति पैसाको दान पाउने लोभमा भुत दरबारिया तालमा ननाच्नोस। बाहुनको पैताला अति शुद्र जनजाति नबन्नोस, भाविपिंडीको जीवनसँग खेलबाड नगर्नुहोस्। तिनीहरुको निम्ति दुर्दिन, कालो दिन ननिम्त्याउनुस् । समय छँदै विचार पुर्याउनुस्, आफनो भाविपिंडीलाई खाडलमा नधकेल्नुहोस्। नत्र भाविपिंडीको निम्ति तपाईं जस्तो हुत्तिहारा, दुष्ट, पाखण्डी आमा-बुबा कोही पनि हुनेछैनन् र भाविपिंडीले तपाईंको नाम सुन्दै पटक-पटक थुक्ने छन्। पैसा ठुलो कुरा हो तर सब थोक होइन् सबै भन्दा ठुलो कुरा अस्तित्व हो। एमएनओ संघर्षरत छ अस्तित्वको निम्ति, अस्तित्व बिहिन मान्छे किरा-फट्याङ्ग्रा, कुकुर-बिरालो सरह हो। पैसा त वेश्याले पनि कमाउँछ तर वेश्या सबैको स्वास्नी भएर पनि कसैको स्वास्नी हुँदैन्। जनजातिको स्थान पनि माथि उल्लेखित वेश्याकै जस्तो हो। आदरणीय मंगोल प्रेमी दिदि-बहिनी एवम् दाजु-भाईहरु हो-हामीले हाम्रो लक्ष्यमा पुग्नका लागि, भावि सन्तानहरुको उज्जवल र सुरक्षित जिवनका लागि मर्न र मार्न पनि पछि नपर्ने अठोट गरेका छौं। र त्यसको निम्ति रगत पसिना दिन परे पनि पछि नपर्ने नहच्कने दृढसंकल्प गर्ने कार्यकर्ताहरु पनि देखिएका छन्। 54 वटा जिल्लाहरुमा अहिले बाहुनक्षेत्रीले नेतृत्व गरेको कम्युनिष्ट, कांग्रेस, राप्रपा पार्टीको गतिविधिलाई न्यालेर हेरेपछि बाटो एमएनओकै ठीक रहेछ भनेर एमएनओमा प्रवेश गर्नेहरुको लर्को लाग्न थालेको छ। तपाईं लगायत तपाईंका आफन्तले कांग्रेस, कम्युनिस्ट पार्टीमा लागेर ज्यान गुमाए होलान, जेलनेलका सजाय भोगे होलान्, तर राम्ररी केलाएर हेर्नुहोस् के पाउनु भयो? के पाए आफन्तहरुले? आफनै नातेदारलाई सताउनु भयो होला! कुट्नु, काट्नु भयो होला! तर राम्ररी विचार गर्नु भयो भने तपाईले गुमाउनु बाहेक के कमाउनु भयो? बरु तपाईंको मंगोल नेता-कार्यकर्ता मारियो, त्यो ठाउँ कस्ले ओगट्यो? तपाईं लगाएत तपाईंका भाइ भतिजको हातमा के पर्यो? बरु कुटिए-लुटिए-मारिए। एकदुई जना भ्रष्ट ब्यक्ति पुष्टिए। यी शरणार्थीहरुले साँडे चार सय बर्षदेखि यहाँका मूलवासी Indigenous मंगोलहरुको लुटेर हामीलाई आफनै मुलुकमा कमारा, सुकुम्बासी, सर्बहारा बनाउन कुनै कसर बाँकी राखेका छैनन् । कांग्रेस, तथाकथित कम्युनिष्टको नामधारी शोषक मण्डलले जमातको 70 बर्षे शासनलाई पढ्न सकेनौं भने बुझ्न सकेनौं भने अझ पनि डराएर बाँच्न र बस्न थाल्यौं भने हेर्दा सिंह जस्तो देखिनेलाई बिरालो जस्तो भएर बाँच्न सुहाउँछ? नेपालको शासन सत्ता एउटा बाहुन-छेत्रीको हातबाट अर्को बाहुनछेत्रीको हातमा पुर्याउनलाई मात्र नयाँ नेपाल भनिँदैन न त क्रान्तिकारी कदम। नेपालको शासन सत्ता 20% बाहुनछेत्रीको हातबाट 80% मूलवासी मंगोलको हातमा आएपछि मात्र नयाँ नेपाल बन्नेछ। किन कि यो देशका मूलवासी मंगोललाई मात्र आफनो देश प्रिय लाग्छ। बिशेष गरी सन् 1952 देखि आजसम्म बाहुनवादी पार्टी र नेताहरूले जनताको अाँखामा छारो हाल्ने, हिन्दवाद र भ्रष्ट बाहुनछेत्रीलाई जोगाउने, प्रत्येक गाउँ-गाउँमा, समाज-समाजमा र परिवारमा फुट ल्याएर वातावरणलाई नै दुषित मात्र पारेको छ। सबै गाउँ घरमा हाम्रो छाना-नाना-माना लुट्ने, जालझेलमा फसाउने, मराउने र आफूहरु शहरमा भब्य घरहरू र अग्ला भवनहरु मात्र ठड्याउने काम बाहेक अरु उन्नति गरेन्। अब 5 बर्ष एमएनओलाई तन-मन-धनले एकाग्र भएर सघाउनुहोस्। अग्नि परिक्षा गर्नुहोस् । लाखौं-लाख पर्चा, पम्पलेट, पुस्तक छाप्ने खर्च दिएर अथवा छापी दिएर सहयोग गर्नुहोस्। अहिन्दु मुलवासी मंगोल भएर बोल्न, लेख्न सक्ने हुनुहोस। मंगोल भएर जन्मनु भयो, मंगोल भएर बाँच्नुहोस र हेर्नुहोस्। तपाईंको भाग्यरेखा कसरी चम्किन्छ हेर्नुहोस्। तपाईंले आजसम्म बाहुनछेत्रीको झोला बोकेर आफैँलाई धोका दिएको बाटो गलत थियो। अहिन्दु मूलवासी मंगोलहरुको शताब्दीऔं देखि भोग्दै आउनु परेको कठोर र दुखदायी जीवनबाट मुक्तिको बाटो निर्माण गर्न एमएनओ कटिबद्ध छ। यो निश्चित छ र अबको मूलवासी Indigenous मंगोल शक्ति भनेको कसैले रोकेर रोक्न नसक्ने शक्ति हो। अन्तमा हाम्रो जीतले हाम्रो बाटो कुरेर बसेको छ, हाम्रो जीतले हाम्रो बाटो हेरेर बसेको छ। तसर्थ मंगोल नेशनल अर्गनाइजेशन जिल्ला सभा झापाको एेतिहासिक 13 औं अधिवेशनलाई भब्यता पुर्बक सम्पन्न गर्नका लागि राजनैतिक, बैचारिक, आर्थिक, नैतिक, एवम् भौतिक रुपमा सहयोग गरेर उक्त 2075 चैत 23 गते झापाको झिलझिलेमा हुने खुला सभाको दिन बर्षा याममा कालो कुहिरो मडारिए जस्तै गरेर बाक्लो रुपमा उपस्थित भइ दिनका लागि अनुरोध छ।
नाराहरु :-
* हामी मंगोल हिन्दु होइनौं - हिन्दु चाड मान्दैनौं!
* जातजाति भन्दैनौं -जातजाति हिन्दुको हो!
*संविधानमा आदिवासी-जनजाति होइन - मुलवासी लेख!
* राष्ट्रिय पशु गाई होइन् - कस्तुरी मृग राख!
* चन्द्र सुर्य अंकित अराष्ट्रिय झण्डा - बदली गर!
* वर्णभेदी नीति - अन्त्य गर!
* खस लिपिलाई देवनागरी लिपि - भन्न छाडी दे!
* अंग्रेजी र हिन्दी भाषालाई पनि सम्पर्क भाषाको मान्यता दे!
* नेपालका मुलवासी मंगोलहरुका निमित्त दुई देशिया नागरिकताको प्रबन्ध गर!
* मानव अधिकार - लागु गर!
* दोषी ठहरिएका भ्रष्टाचारी र बलात्कारीलाई - तुरुन्त कारबाही गर!
* एमएनओ - जिन्दावाद!
* युगपुरुष ड.गोपाल गुरुङ - अमर रहुन्!
Copyright © 2020 Mongol Vision. All Rights Reserved.
Powered by : Dradtech Technology