शुक्रबार 29 मार्च 2024

Flash News

  • <<<<मंगाेल भिजन साप्ताहिक पत्रिकाकाे इ. पत्रिका अब www.mongolvision.com मा अनलाइन पढ्न सकिनेछ>>>>
  • <<<<<समाचार एवं बिज्ञापनकाे लागी मंगाेल भिजनकाे तल दिइएकाे नम्बरमा सम्पर्क गर्नुहुन जानकारी गरिन्छ>>>>
  • <<<भिजन राष्ट्रिय साप्ताहिक पत्रिकाकाे अाधिकारिक युटुब च्यानल Mongol Vision Television (MVTV) हाे। मंगाेल नेशनल अर्गनाइजेशनकाे देशभरीका गतिबिधि हेर्न यस च्यानलमा subscribe अवस्य गर्नुहाेला।>>>

जिल्ला सभा झापा ले थाल्यो मिसन ' M'

mongolvision | 23 अगस्ट 2022

जिल्ला सभा झापा ले थाल्यो मिसन ' M'

 

झापा / मंगोल नेशनल अर्गनाइजेशन जिल्ला सभा झापाले यतिबेला जिल्लाब्यापी रुपमा घरदैलो अभियान, अन्तरक्रिया तथा संगठन विस्तार कार्यक्रमलाई अगाडि बढाइरहेको छ । यो अभियानलाई एम.एन.ओ. झापाले मिसन 'M' मंगोल जागरण अभियान नाम दिएको छ ।

1 अगस्ट ,2022सोमवारका दिन बसेको नियमित बैठक बाट एम.एन.ओ. झापा जिल्ला सह-सचिव भरत राई को संयाेजकत्वमा  मिसन टाेलि गठन भएको हो । आसन्न प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनलाई लक्षित गरी निर्वाचनमा गणीतीय नतिजा हात पार्ने र संगठनलाई मजबुत बनाउने
उद्देश्यका साथ हाल झापाको गौरादह नगरपालिका र गौरीगञ्ज गाउँपालिकामा मिशन "M" लाई आगाडी बढाइरहेको संयोजक भरत राईले बताउनु भयो ।

अगष्ट 15 बाट सुरु भएको मिसन 'M' मा एम.एन.ओ. १नं. प्रान्तीय सभा सदस्य राजेन्द्र चेम्जोङ, जिल्ला अध्यक्ष बानिरा मेचे, सचीव सागर दर्जी, सदस्यहरु राम वि.क, बुद्धहाङ फुरुम्बो, चन्द्रहाङ लिङ्खिम, गौरादह नगर अध्यक्ष नवीन लिम्बू, सचिव सञ्जय लिम्बू, सदस्यहरु विशाल राई, विक्रम कुरुङफोङ, भिम देवान लगायतको टोली रहेको थियो ।

मिशन "M" को यो पहिलो चरण एक हप्ता सम्म रहेको र यो अभियान निरन्तर रुपमा जारी रहनुका साथै झापा जिल्लाको सम्पूर्ण क्षेत्रहरुमा संगठन विस्तार गर्नु यसको उद्देश्य रहेको जिल्ला अध्यक्ष बानिरा मेचेले जानकारी दिनुभयो ।

जिल्ला सभा झापा ले थाल्यो मिसन ' M'

advertisement_1548050601.gif
प्रतिक्रिया दिनुहोस्