बिहिबार 23 अप्रिल 2026

Flash News

  • <<<<मंगाेल भिजन साप्ताहिक पत्रिकाकाे इ. पत्रिका अब www.mongolvision.com मा अनलाइन पढ्न सकिनेछ>>>>
  • <<<<<समाचार एवं बिज्ञापनकाे लागी मंगाेल भिजनकाे तल दिइएकाे नम्बरमा सम्पर्क गर्नुहुन जानकारी गरिन्छ>>>>
  • <<<भिजन राष्ट्रिय साप्ताहिक पत्रिकाकाे अाधिकारिक युटुब च्यानल Mongol Vision Television (MVTV) हाे। मंगाेल नेशनल अर्गनाइजेशनकाे देशभरीका गतिबिधि हेर्न यस च्यानलमा subscribe अवस्य गर्नुहाेला।>>>

जिल्ला सभा म्याग्दीले २५औं बिश्वमुलबासी दिवस मनायो।

दिपक मंगाेल | 9 अगस्ट 2019

जिल्ला सभा म्याग्दीले २५औं बिश्वमुलबासी दिवस मनायो।

म्याग्दी जिल्लाको बेनि बजारमा रहेको मंगोल नेशनल अर्गनाइजेसनको सम्पर्क कार्यलयमा बिस्वमुलबासी दिवस मनाएको छ।एमएनओको फाउन्डर प्रेसिडेन्ट डा.गोपाल गुरुङले नेपालका मुलबासीको अधिकार ,मानव अधिकार र मानव अस्तित्व प्राप्तिको लागि ब्याक्तिगत रूपमा १९७२ र साङ्गठित रूपमा १ जनवरी १९८९ बाट बोल्दै ,लेख्दै र लड्दै आउनु भएको हामिमाझ सर्बबिदितैछ।त्यसैगरी बिस्वका मुलबासीको अधिकारको लागि दक्षिण अमेरिकाको ग्वाटेमाला की मुलबासी रिगोबेर्टा मेन्चुको योगदान महत्त्वपूर्ण रहेको छ। १९९४ अगष्ट ९ बाट बिस्वब्यापी रूपमा मुलबासी दिवस international world indigenous day मनाउदै आएको छ। नेपाल राजनैतिक शक्ति आप्रवासी,बिदेशी श्रणाथी हिन्दु आर्य बाहुनक्षेत्रीको हातमा रहेको हुनाले हामी मुलबासी मंगोललाई मुलबासिको अधिकार दिनु त के हामीलाई मुलबासी भन्न समेत बन्चित गराइ अस्तित्वबिहिन बनाउदैछ।कुनै पनि देशको हरेक क्षेत्रमा पहिलो र मुल अधिकार भनेको त्यहाँको मुलबासी अर्थात् उत्पत्तिवासीलाई हुन्छ तर नेपालमा उल्टो बिदेशबाट श्रणाथिको रूपमा भित्रिएका हिन्दु खस-आर्यको हालिमुहाली भएको छ र त हेरेक क्षेत्र डामाडोल भएको छ।किनभने यो देश नेपाल मुलबासी मंगोलको भएको हुँदा बिदेशबाट आयातित हिन्दु आर्यलाई माया लाग्दैन।उनीहरु केबल नेपाल लुट्न आएका हुन भन्ने कुरा हामिले बुझ्नुपर्छ।त्यसैगरी यहाँका मुलबासीलाई विभिन्न कानुनी नीती-नियम र संबैधानिक तवरबाट र पढन्ते मुर्ख हुनुमान जो हाम्रै अनुहारका मानिसको साथ-सहयोग लिएर जबर्जस्ती हड्डि अर्थात् थोरै कोटाको लोभमा बाहिरबाट आएको आदिवासी बनाउने दुष्कर्म गर्दैछन्।त्यतिले मात्रै नपुगेर एउटै मंगोल वर्ण/बंशका सन्तानलाई विभिन्न जातजातिमा बिभाजन गरेको छ।त्यसैगरी खस-आर्यको हिन्दु धर्म होईन बादले उसको खुट्टाको पैतालाको स्तरमा जनजाति शब्द हामीलाई भिराएको छ।बास्तबमा जनजाति शब्दको शाब्दिक अर्थ जन=कमारा,खेतला,नोकर  र जातिको अर्थ जात(cast) र जातबाट तल खसेपछी(sub-cast) जाती हुन्छ, जुन एकदमै घृणित शब्द हो।जहाँ मुलबासी मंगोल हिन्दुबादभित्र पर्दैन।त्यसैले यसरी विभिन्न जातजाति र जनजाति बिभक्ती बन्नु,बनाउनु र हुनुहुदैन।सन् 1990 भन्दा अगाडिसम्म हाम्रो अनुहारका मानिसले आफुलाइ आदिवासी र जनजाति भन्दैन्थ्ये जतिबेलासम्म हाम्रो मान्छेले आफुलाइ मतवाली भन्नमा गर्व गर्थ्यो।हुन त अहिलेका केही मानिसहरूले आदिबासी र जनजाति शब्दमा खुब गर्व गर्दै आज आदिबासी -जनजातिलाई अधिकार दे भन्दै कुर्ले पनि होलान् तर ती केबल फगत कार्य मात्रै  हो किनभने हामीले ती बिदेशी खस-आर्यबाट अधिकार मागेर पाइदैन अब खोस्नुपर्छ भन्ने कुरा  बुझ्नुपर्छ।आदिवासी,जनजाति मीठो खानामा मिसाएको विष, खरनाक जाल जस्तै हो। अबको समयमा पनि यस्ता जालझेलझेललाई चिन्न सकेनौ भने हाम्रो भाबी सन्ततिलाई ठूलो धोका हुनेछ।आदिवासी र जानजाती शब्दको प्रयोग भनेको दरबार र तत्कालीन नेकपा एमाले गरेको हो। बास्तबमा indigenous को अर्थ अङ्ग्रेजी भासमा हेरौ भने यस्तो लेखिएको छ=orgenally belongs to the place not from other place .eg:kangaroo is indigenous to australia. अब खस भासामा हेरौं=त्यहीँ स्थानसंग सम्बन्धित रहेको अन्यत्रबाट नआएको भन्ने हुन्छ।जस्तै:कंगारो अस्ट्रेलियाको मुल/उत्पति जनावर हो। अत:आदिवासी,जनजाती भन्ने खस-आर्यका नोकर-चाकरहरुले indignation शब्दलाई प्रयोग गर्न र भन्न अधिकार छैन।आदिवासी ,जनजातीको पछि लागेर जल,जमिन र जङ्गलमा अधिकार पाउछु भन्नु र ILO 169 लागु गर्छ भन्नू ठुलो भ्रममा नपरौ।ती अधिकार प्राप्त गर्ने अन्तिम विकल्प भनेकै मंगोल नेशनल अर्गनाइजेसन हो।त्यसैले नेपालका 80% अहिन्दु मुलबासी मंगोल एमएनओमा आबद्ध हौ। जै मंगोल!

जिल्ला सभा म्याग्दीले २५औं बिश्वमुलबासी दिवस मनायो।

advertisement_1548050601.gif
प्रतिक्रिया दिनुहोस्