शुक्रबार 26 अप्रिल 2024

Flash News

  • <<<<मंगाेल भिजन साप्ताहिक पत्रिकाकाे इ. पत्रिका अब www.mongolvision.com मा अनलाइन पढ्न सकिनेछ>>>>
  • <<<<<समाचार एवं बिज्ञापनकाे लागी मंगाेल भिजनकाे तल दिइएकाे नम्बरमा सम्पर्क गर्नुहुन जानकारी गरिन्छ>>>>
  • <<<भिजन राष्ट्रिय साप्ताहिक पत्रिकाकाे अाधिकारिक युटुब च्यानल Mongol Vision Television (MVTV) हाे। मंगाेल नेशनल अर्गनाइजेशनकाे देशभरीका गतिबिधि हेर्न यस च्यानलमा subscribe अवस्य गर्नुहाेला।>>>

जिल्ला सभा मकवानपुरको चुनावी समिक्षा बैठक सम्पन्न

mongolvision | 14 जून 2022

जिल्ला सभा मकवानपुरको चुनावी समिक्षा बैठक सम्पन्न


हेटौंडा / मंगोल नेशनल अर्गनाइजेशन जिल्ला सभा मकवानपुरको आयोजनामा बागमती प्रदेशको राजधानी हेटौंडा बजार पिपलबोटस्थित होटल आसनको सभाहलमा स्थानीय तहको निर्वाचनको समिक्षा बैठक सम्पन्न भएको छ ।
उक्त कार्यक्रम एम. एन. ओ. जिल्ला सभा मकवानपुरका अध्यक्ष विक्रम थिङको सभाध्यक्षतामा एवं केन्दीय सवोच्च सभा तथा कार्यालय सचिव रिन्छेन तामाङको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो । कार्यक्रममा विशिष्ट अतिथि केन्द्रीय सभाका सदस्य जिवन स्याङतान उपस्थित रहेका थिए । कार्यक्रममा स्थानीय तहको निर्वाचनमा मकवानपुर जिल्लाको विभिन्न पालिका तथा वडाहरुमा एम. एन.ओ. को तर्फबाट प्रत्यासी भर्ई सहासी र निडर भई विभिन्न पदमा उम्मेदवारी दिनुहुने उम्मेदवारहरुलाई कार्यक्रमका प्रमुख अतिथि तामाङले सम्मान पत्र वितरण गर्नुभएको थियो ।
यसै क्रममा उम्मेदवारहरुबाट आ-आफ्ना तर्फबाट चुनावी मैदानबाट बटुलेका अनुभवहरु आदान-प्रदान गर्ने कार्य भएको छ । अनुभवहरु प्रष्ट्याउने क्रममा उम्मेदवाहरुले आफुले सोचेजस्तो मत प्राप्त गर्न नसक्नुको कारण आर्थिक अवस्था कमजोर भएको र प्रशिक्षण तथा चुनावी प्रचारमा ढिलै गरेको कारणहरु बताउनु भएको थियो । कार्यक्रमका प्रमुख अतिथि तामाङले चुनावमा हारेपनि सैद्धान्तिक जित भएको बताउदै उम्मेदवारहरुलाई नआत्तिन र हार नमान्नको लागि उत्साह र थप योजनाहरु बताउदै खुशी बनाउनु भएको थियो । उहाँले भन्नुभयो, ‘चुनाव जित्नको लागि हामी अझै बाट तयार हुनुपर्छ चुनाव भोलीनै आउन सक्छ चुनाव आएसी लडौला र प्रचार गरौला भनेर बसेउ भने हाम्रो जित कहिल्यै हुदैन हामी सधै तयार भएर बस्नुपर्छ ।’ अगामी चुनावमा भाग लिनको निमित्त अहिले देखिनै उम्मेदवार तयार भएर बस्न पनि आग्रह गर्नुभएको थियो ।
कार्यक्रमा विभिन्न प्रदेश, जिल्ला, नगर, गाउँ, वडा तथा टोल सभाको प्रतिनिधि तथा शुभचिन्तकहरुको उपस्थिति रहेको थियो । कार्यक्रमलाई निरन्तर दिनको लागि मंगोल शुभचिन्तक युवा सुजन थिङले संचालन गर्नुभएको थियो भने स्वागत मन्तव्त बिनोद स्याङतानले गर्नुभएको थियो ।

advertisement_1548050601.gif
प्रतिक्रिया दिनुहोस्