बिहिबार 28 मार्च 2024

Flash News

  • <<<<मंगाेल भिजन साप्ताहिक पत्रिकाकाे इ. पत्रिका अब www.mongolvision.com मा अनलाइन पढ्न सकिनेछ>>>>
  • <<<<<समाचार एवं बिज्ञापनकाे लागी मंगाेल भिजनकाे तल दिइएकाे नम्बरमा सम्पर्क गर्नुहुन जानकारी गरिन्छ>>>>
  • <<<भिजन राष्ट्रिय साप्ताहिक पत्रिकाकाे अाधिकारिक युटुब च्यानल Mongol Vision Television (MVTV) हाे। मंगाेल नेशनल अर्गनाइजेशनकाे देशभरीका गतिबिधि हेर्न यस च्यानलमा subscribe अवस्य गर्नुहाेला।>>>

जिल्ला सभा दोलखाको तेस्रो अधिवेशन सम्पन्न

mongol vision | 28 फेब्रुअरी 2021

जिल्ला सभा दोलखाको तेस्रो अधिवेशन सम्पन्न

दोलखा / मंगोल नेशनल अर्गनाइजेशन जिल्ला सभा दोलखाको तेस्रो जिल्ला अधिवेशन 27 फेब्रुअरी 2021 मा मूलआयोजक सभाको संयोजक सरोजमान तामाङको सभाध्यक्षता र केन्द्रिय कोषाध्यक्ष आङदावा शेर्पाको प्रमुख आतिथ्यतामा चरिकोट स्थित हाम्रो रेडियो सभाहलमा सम्पन्न भएको छ।

मंगोल नेशनल अर्गनाइजेशन जिल्ला सभा दोलखामा बिहान भएको बन्द सत्रबाट सरोजमान तामाङको अध्यक्षतामा 23 सदस्यीय जिल्ला सभा गठन भएको हो। कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथी शेर्पाले सम्पुर्ण नेता तथा कार्यकर्ताहरुलाई महत्वपूर्ण समय र मतदान खेर नफाली संगठन प्रती निष्ठावान भएर मन लगाएर अगाडि बढ्न आह्वान गर्नुभयो। त्यसैगरि विशेष अतिथि केन्द्रिय सभाको सदस्य तोकबहादुर गुरुङले पनि उक्त सभालाई सम्बोधन गर्दै बाहुनक्षेत्रीबाट संचालित विभिन्न दलहरुबाट बचेर संगठनलाई हानी पुग्ने कुनै पनि लोभ, लालच, प्रलोभन र षड्यन्त्रहरुबाट बचेर काम गर्नको लागि सुझाव सहित नवनिर्वाचित पदाधिकारीहरुलाई बधाई तथा शुभकामना व्यक्त गर्नुभयो। त्यसैगरि अर्का विशेष अतिथि केन्द्रिय सर्वोच्च सभाको सदस्य रिन्छेन दोर्जे तामाङले नवनिर्वाचित पदाधिकारीहरुलाई बधाइ तथा शुभकामना व्यक्त गर्दै सम्पुर्ण नेता तथा कार्यकर्ताहरुलाई इमानदारीपुर्वक मंगोल नेशनल अर्गनाइजेशनको दर्शनलाई तपाईं हामीले स्वतन्त्रताको नाममा आफ्नो व्यक्तिगत स्वार्थ पूरा गर्नु भन्दा पनि स्वतन्त्रतालाई कदर गर्दै युग पुरुष अमर ड.गोपाल गुरुङ ज्युको दर्शन र सिद्धान्तबाट स्थापित भएको मुलुकको परिवर्तनको विरासतलाई जोगाउदै संसारमा रहेको मंगोलहरु र संसारको मानवहरुको मानवअधिकार बहाली गर्नुपर्ने एउटा चाहिँ दुरगामी अथवा दुरदर्शि परिवर्तन तपाईं हाम्रो हातमा ल्याउने अभियानमा लागिरहेको हुनले उदारवाद लोकतन्त्रमा आधारित भएर लाग्नुपर्ने बताउनुभयो। त्यसैगरि अन्य अतिथी केन्द्रिय सदस्यहरु जोनि मंगोल विश्वकर्मा, प्रेम छिरी शेर्पा, प्रेम माया तामाङ, धनमाया तामाङ र बागमती प्रदेशको सचिव राजेन्द्र तामाङ, कोषाध्यक्ष कुमार तामाङ, प्रचार सचिव सालिकराम थापा मगर त्यसैगरी रसुवा, नुवाकोट, धादिङ, रामेछाप जिल्ला सभाको अध्यक्षहरु त्यसैगरी सिन्धुपाल्चोक जिल्ला सचीवको उपस्थिति रहेको र मंगोलमय मन्तव्य सहित निर्वाचित पदाधिकारीहरुलाई बधाई तथा शुभकामना ज्ञापन गर्नुभयो भने नवनिर्वाचित कोषाध्यक्ष गणेश तामाङले स्वागत मन्तव्य राखेर विश्व तामाङले कार्यक्रम सञ्चालन गरेका थिए ।

advertisement_1548050601.gif
प्रतिक्रिया दिनुहोस्