शनिबार 18 अप्रिल 2026

Flash News

  • <<<<मंगाेल भिजन साप्ताहिक पत्रिकाकाे इ. पत्रिका अब www.mongolvision.com मा अनलाइन पढ्न सकिनेछ>>>>
  • <<<<<समाचार एवं बिज्ञापनकाे लागी मंगाेल भिजनकाे तल दिइएकाे नम्बरमा सम्पर्क गर्नुहुन जानकारी गरिन्छ>>>>
  • <<<भिजन राष्ट्रिय साप्ताहिक पत्रिकाकाे अाधिकारिक युटुब च्यानल Mongol Vision Television (MVTV) हाे। मंगाेल नेशनल अर्गनाइजेशनकाे देशभरीका गतिबिधि हेर्न यस च्यानलमा subscribe अवस्य गर्नुहाेला।>>>

जुन ४मा ऎतिहासिक मंगोल गायक पृथी मुखियाको घर हस्तान्तरण हुने

mongolvision | 25 मे 2025

जुन ४मा ऎतिहासिक मंगोल गायक पृथी मुखियाको घर हस्तान्तरण हुने


इलाम / ऎतिहासिक मंगोल गायक पृथी मुखियाको घर आउदो जुन ४ तारिक एबम   जेठ २१ गते बुधबारका दिन हस्तान्तरण हुने भएको छ ।
इलामको सुयोदय नगर पालिका ९ ढाेडे मा निर्माण भइरहेको मुखियाको घर निर्माणको अन्तिम चरणको पुगेको छ । मंगोल नेशनल अर्गनाइजेसनको मुख पत्र मंगोल भिजन राष्ट्रिय साप्ताहिक पत्रीकाको सक्रियता र संगठनको पहलमा बनिरहेको घर निर्माण सम्पन्न भएर हस्तान्तरण गन लागिरहेको पत्रीकाका प्रबन्धक राज कुमार गुरुङले जानकारी दिनु भएको छ साथै उहाले मंगोल गायक प्रथी मुखियाको घर हस्तान्तरण कार्यक्रममा एम एनओका  सम्पूर्ण नेता कार्यकर्ता ,सुभचिन्तक लगायत लाई सहभागी भइदिनहुन आह्वान समेत गर्नु भएको छ । त्यस्तै घर निर्माण प्रत्यक्ष सहभागी भइ रहनु भएका संगठनका केन्द्रीय सदस्य याम कुमार  श्रेष्ठले समेत घर लगभक यहि साता भित्र पुर्ण रुपमा निर्माण सम्पन हुने जानकारी दिनु भएको छ ।
  संगठनको स्थापना काल बाट नै आफ्नो गायकी मार्फत मंगोल मुक्तिको यात्रामा अहोरन्त लागि रहनुहुने गायक मुखिया एम एनओका संस्थापक युग पुरुष महामानव ड गोपाल गुरुङको नजरमा पर्नु भएको थियो । ड गोपाल गुरुङ सग निर्बाचन होस या मंगोलको कार्यक्रमहरुमा सगै सहभागी हुनुहुन्थ्यो मुखिया ।
आफनो जीवन नै मंगोल मुक्तिमा समर्पित गराउदै लागि परि रहनु भएको पृथी मुखिया लाई संस्थापक प्रेसिडेन्ट ड गोपाल गुरुङलको देहावसान पछि   संगठनका प्रेसिडेन्ट बुद्ध लाल मेचेले खोजी गर्नु भएको थियो र उहाकै संकृयतामा  भिजन पत्रीकाले  मुखियाको गित रेकड गराएर बिमोचन समेत गराएको थियो । 

advertisement_1548050601.gif
प्रतिक्रिया दिनुहोस्