बिहिबार 16 मे 2024

Flash News

  • <<<<मंगाेल भिजन साप्ताहिक पत्रिकाकाे इ. पत्रिका अब www.mongolvision.com मा अनलाइन पढ्न सकिनेछ>>>>
  • <<<<<समाचार एवं बिज्ञापनकाे लागी मंगाेल भिजनकाे तल दिइएकाे नम्बरमा सम्पर्क गर्नुहुन जानकारी गरिन्छ>>>>
  • <<<भिजन राष्ट्रिय साप्ताहिक पत्रिकाकाे अाधिकारिक युटुब च्यानल Mongol Vision Television (MVTV) हाे। मंगाेल नेशनल अर्गनाइजेशनकाे देशभरीका गतिबिधि हेर्न यस च्यानलमा subscribe अवस्य गर्नुहाेला।>>>

जरायो टोलमा मंगोल प्रशिक्षण

mongolvision | 8 फेब्रुअरी 2022

जरायो टोलमा मंगोल प्रशिक्षण


मोरङ/ मंगोल नेशनल अर्गनाइजेशन   पथरीशनिश्चरे नगरसभाको आयोजनामा पथरीशनिश्चरे वडा नं. ४ स्थित जरायो टोलमा एकदिने मंगोलवाद सम्बन्धी प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । उक्त कार्यक्रम स्थानीय मंगोल समर्थक हर्कराज गुरुङको सभाध्यक्षतामा एवं एम. एन. ओ. पथरीशनिश्चरे नगरसभाका सल्लाहकार बिक्रम फेम्बुको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो । कार्यक्रममा विशिष्ट अतिथि नगरसभा सल्लाहकार टेक बहादुर मगर रहनुभएको थियो । 
        कार्यक्रममा विशिष्ट अतिथि मगरले मन्तव्य राख्नुभएको थियो भने प्रमुख अतिथि फेम्बुले उपस्थित लोक समुदायलाई मानव अस्तित्व, अस्तित्व र पहिचान, एम. एन. ओ. को राजनैतिक अवधारणाको बारेमा प्रशिक्षण प्रदान गर्नुभएको थियो । प्रशिक्षणको दौरानमा उहाँले अबको निर्वाचनमा आफ्नो हक, अधिकार र अस्तित्व प्राप्तिको लागि भाले चिन्हमा मतदान गर्न आव्हान गर्नुभयो । स्थानीय लोक समुदायहरुको सौहार्दपूर्ण उपस्थितिमा सम्पन्न उक्त कार्यक्रम नगर सचिव रामचन्द्र गुरुङले सञ्चालन गरेका थिए ।

advertisement_1548050601.gif
प्रतिक्रिया दिनुहोस्