बुधबार 8 मे 2024

Flash News

  • <<<<मंगाेल भिजन साप्ताहिक पत्रिकाकाे इ. पत्रिका अब www.mongolvision.com मा अनलाइन पढ्न सकिनेछ>>>>
  • <<<<<समाचार एवं बिज्ञापनकाे लागी मंगाेल भिजनकाे तल दिइएकाे नम्बरमा सम्पर्क गर्नुहुन जानकारी गरिन्छ>>>>
  • <<<भिजन राष्ट्रिय साप्ताहिक पत्रिकाकाे अाधिकारिक युटुब च्यानल Mongol Vision Television (MVTV) हाे। मंगाेल नेशनल अर्गनाइजेशनकाे देशभरीका गतिबिधि हेर्न यस च्यानलमा subscribe अवस्य गर्नुहाेला।>>>

जयबहादुर सारुको अध्यक्षतामा २२ सदस्यीय एमएनओ नवलपुर जिल्ला सभा चयन

Mongol Vision News | 31 डिसेम्बर 2019

जयबहादुर सारुको अध्यक्षतामा २२ सदस्यीय एमएनओ नवलपुर जिल्ला सभा चयन

नवलपुर/ मंगोल नेशनल अर्गनाइजेशन नवलपुर जिल्ला सभाको ऐतिहासिक दोश्रो जिल्ला अधिवेशनको बन्दशत्रबाट जयबहादुर मगर पुनः अध्यक्षमा चयन हुनुभएको छ ।

      आज 31 डिसेम्बर मंगलबारका दिन नवलपुरको कावासोती गुम्बा टोल स्थित भएको बन्दशत्रबाट निर्विरोध रुपमा जयबहादुर सारु अध्यक्षमा चयन भएको हो । त्यसैगरी सचिव, कोषाध्यक्ष र सहसचिवमा क्रमशः धन सिंह थापा, टम बहादुर थापा र गिता चितौरे चयन हुनु भएको छ । अन्य जिल्ला सदस्यहरुमा खिलबहादुर थापा, मनबहादुर गुरुङ, इन्द्र बहादुर मगर, विष्णु कुमाल, विष्णु नेपाली, छविलाल लुङगेली, खमबहादुर मगर, कान्ता राना, धनबहादुर बाचे, देउबहादुर सिंजाली, विमला देवि सारु, टिकामाया सारु, फुल कुमार मश्राङ्गी, मन कुमारी मगर, फुलमाया थापा मगर छन् । त्यस्तै सल्लाहकारहरुमा सुमन चितौरे, इन्द्रबहादुर चितौरे, ओम पुन, अर्जुन बाछे, झप्पाड थापा, चन्द्र राना, कृष्ण कुमार चर्माकार, लालमुनी सुनारी, रामबहादुर सारु, लाक्पासिंह तामाङ र सुर्यवंशी रहनु भएको छ ।

जयबहादुर सारुको अध्यक्षतामा २२ सदस्यीय एमएनओ नवलपुर जिल्ला सभा चयन

उक्त बन्दशत्र कार्यक्रममा संगठनका मूलसचिव थम्मन बुढामगरको प्रमुख आतिथ्यता रहेको थियो भने विशिष्ट अतिथिमा केन्द्रीय सदस्य कुमार गुरुङ, रुममाया चितौरे र अतिथिहरुमा केन्द्रीय सदस्य आयुष मंगोल, गण्डकी प्रदेश सचिव कुलबहादुर श्रीष, प्रदेश सदस्यहरु दुधबहादुर आले, प्रेम सोमाई, ज्ञानबहादुर कुमाल र देउमाया थापा रहनु भएको थियो । नवनिर्वाचित नवलपुर जिल्ला सदस्यहरुलाई कार्यक्रमका प्रमुख अतिथि बुढामगरले पद तथा गोपनियताको सपथ ग्रहण गराउनु भएको थियो ।

advertisement_1548050601.gif
प्रतिक्रिया दिनुहोस्