बिहिबार 25 अप्रिल 2024

Flash News

  • <<<<मंगाेल भिजन साप्ताहिक पत्रिकाकाे इ. पत्रिका अब www.mongolvision.com मा अनलाइन पढ्न सकिनेछ>>>>
  • <<<<<समाचार एवं बिज्ञापनकाे लागी मंगाेल भिजनकाे तल दिइएकाे नम्बरमा सम्पर्क गर्नुहुन जानकारी गरिन्छ>>>>
  • <<<भिजन राष्ट्रिय साप्ताहिक पत्रिकाकाे अाधिकारिक युटुब च्यानल Mongol Vision Television (MVTV) हाे। मंगाेल नेशनल अर्गनाइजेशनकाे देशभरीका गतिबिधि हेर्न यस च्यानलमा subscribe अवस्य गर्नुहाेला।>>>

झापा जिल्ला सभाको १३औ ऐतिहासिक जिल्ला अधिवेशन आउँदो चैतमा हुने

Mongol Vision News | 1 फेब्रुअरी 2019

झापा जिल्ला सभाको १३औ ऐतिहासिक जिल्ला अधिवेशन आउँदो चैतमा हुने

झापा / मंगोल नेशनल अर्गनाइजेसन जिल्ला सभा झापाले आफ्नो १३औ एेतिहासिक जिल्ला अधिवेशनको मिति तय गरेको छ ।

     शुक्रबार जिल्ला सभाले संगठनका केन्द्रीय प्रेसिडेन्ट बुद्धलाल मेचेको उपस्थितिमा सम्पन्न गरेको आफ्नो नियमित बैठकमा १३औ एेतिहासिक जिल्ला अधिवेशन आउँदो चैत २१,२२ र २३ गते झिलझिलेकाे प्राङगणमा गर्ने निर्णय गरेको छ । बैठकले जिल्ला अधिवेशनलाई भब्य र सभ्य रुपमा सफल पार्नको लागि जिल्ला अध्यक्ष रुद्र राईको संयोजकत्वमा ५२ सदस्यीय मूल आयोजक सभा समेत निर्माण गरेको सचिव लासिमहाङ लिम्बूले बताए। उनका अनुसार मूल आयोजक सभाले अधिवेशनको लागि तत्कालै कामको थालनी गर्ने बताए । बैठकले जिल्ला सभा झापाको सदस्यमा बिरबल योङ्हाङ लिम्बू र सन्जुहाङ लिम्बूलाई नियुक्त समेत गरेको छ । बैठकलाई सम्बोधन गर्ने क्रममा प्रमुख अतिथि एवम केन्द्रीय प्रेसिडेन्ट बुद्धलाल मेचेले अधिवेशनको अग्रिम शुभकामना व्यक्त गर्दै सफलताको कामना गर्नुभयो । त्यस्तै बैठकलाई केन्द्रीय सदस्यद्वय सान बहादुर मेचे, श्याम लिम्बू , भद्रपुर नगर अध्यक्ष जयन मगर, मेचीनगर सभा अध्यक्ष सागर दर्जी , बुद्धशान्ति गाउँसभा अध्यक्ष छ्त्र खेवा लगायतले पनि शुभकामना मन्तव्य राख्नुभएको थियो । बैठकमा केन्द्रीय सचिव सन्तोष तामाङ, केन्द्रीय प्रवक्ता तथा मंगोल भिजन राष्ट्रिय साप्ताहिक पत्रीकाको सम्पादक दिलिप धिमाल, केन्द्रीय सदस्यहरु अकल तामाङ, टोमराज थाम्सुहाङ, जेएम थुलुङ, दिलबरी राई, सत्यकला नेम्बाङ, केन्द्रीय सल्लाहकारहरु धन बहादुर राई, पदम नेम्वाङ, दिल बहादुर लिङखिम, प्रदेश नम्बर १ सभा अध्यक्ष भाष्कर चाम्लिङ, सचिब सागर राई, सदस्य प्रकाश हाङखिम लगायत विभिन्न गाउँ तथा नगर सभाका सदस्यहरुको उपस्थिति रहेको थियो । झापा जिल्ला सभाका अध्यक्ष रुद्र राईको अध्यक्षतामा सम्पन्न भएको बैठक सहसचिव जानुका राईले स्वागत मन्तव्य राखेकि थिइन् भने कार्यक्रमलाई सचिव लासिमहाङ लिम्बूलले सन्चालन गरेका थिए ।

 

advertisement_1548050601.gif
प्रतिक्रिया दिनुहोस्